शिशु स्याहार केन्द्र स्थानान्तरण

शिशु स्याहार केन्द्र स्थानान्तरण

भक्तपुर : भक्तपुर नगरपालिका-१ को वडा कार्यालयसँगै रहेको भवनमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्र भाज्या पुखुको पश्चिमतर्फ स्थानान्तरण गरिएको छ। 

सोही अवसरमा आयोजित बृहत् अभिभावक भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरूले असल व्यवहारबाट बालबालिकाहरूलाई हुर्काउने प्रयासमा लाग्नुपर्ने बताए। 

आधुनिकतासँगै जनताको चाहनाअनुसार अगाडि बढ्न नसके विस्थापित हुने खतरा भएको बताउँदै उनले भवन र संरचना राम्रो हुँदैमा सेवा प्रवाह राम्रो हुने नभई त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरूको मेहनतमा संस्थाको प्रगति हुने बताए।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षक र सुसंस्कृत नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा शिशुस्याहार केन्द्रहरू व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको बताइन्। 

बालबालिकालाई आफ्नो संस्कृति र सम्पदाहरूलाई माया गर्ने वातावरण सिर्जना गर्न शिक्षिकाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताइन्।

भक्तपुर नपा-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गका अभिभावकका बालबालिकाहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको शिशुस्याहार केन्द्रले सेवा गरिरहेको बताए। 

त्यस्तै कार्यक्रममा शिशुस्याहार तथा बाल विकास केन्द्र प्रमुख दिपेन्द्र प्रजापति र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि शिशुस्याहार केन्द्रबाट प्रवाहित सेवा सुविधाबारे चर्चा गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.