धनगढीका जेष्ठ नागरिक मुक्तिनाथको यात्रामा (फोटो फिचर)

धनगढीका जेष्ठ नागरिक मुक्तिनाथको यात्रामा (फोटो फिचर)

धनगढी : बिहीबार धनगढी-२ का ७७ वर्षीय डबल बहादुर विष्टको मुहारमा मुस्कान थियो। घर परिवारको आर्थिक अवस्थाले मुक्तिनाथको दर्शन गर्न असहज भइरहेका बेला उनी धनगढी उपमहानगरपालिकाको पहलमा मुक्तिनाथको यात्रामा गएका हुन्। 

'बल्ल स्थानीय सरकार भएको अनुभूति भयो। मेयर साप र उनको टीमलाई धन्यवाद दिन चाहन्छु' विष्टले भने। धनगढी उपमहानगरपालिका-१३ का छविराज अवस्थी ७८ वर्षका भए।

मुक्तिनाथ गएपछि मुक्ति पाउने सुनेका उनी पनि उपमहानगरकै पहलमा मुक्तिनाथको दर्शनका लागि बिहीबार त्यसतर्फ गए। 

'मुक्तिनाथ जान पाउला भन्ने कल्पना नै थिएन। हरेक वडाबाट छ जनाका दरले जेष्ठ नागरिकलाई उपमहानगरले मुक्तिनाथको दर्शनका लागि पठायो, त्यसैले भगवानको दर्शन गर्न पाउने भएपछि खुसी भए', उनले भने।

धनगढी उपमहानगरपालिका-२ का विष्णु बहादुर सिंह र उनकी पत्नी मुक्तिनाथ दर्शनका लागि हिँडे। 'श्रीमान त पहिला पनि जानु भएको हो, मेरो पहिलो पटक हो। मुक्तिनाथ नेपालको सबैभन्दा ठूलो तीर्थ हो, भगवान मुक्तिनाथको दर्शन गर्न पाउदा असाध्यै खुसी छु', देवकी सिंहले भनिन। 

धनगढी उपमहानगरपालिकामा १९ वडा छन्। नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको मुक्तिनाथ दर्शनको योजना थियो। १९ वडाका ६/६ जनाले दरले ११४ जना जेष्ठ नागरिक, उपमहानगरका यस वर्ष सेवानीवृत हुन् कर्मचारी र हरेक वडाबाट वडाध्यक्षले सिफारिस गरेका एक जना जेष्ठ नागरिक गरी १३० जना जेष्ठ नागरिक मुक्तिनाथ गएका हुन्।

जेष्ठ नागरिकको व्यवस्थापन र दर्शनको सबै जिम्मा धनगढीको लक्ष्मीनारायण मन्दिर समितिले लिएको छ। उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित जेष्ठ नागरिकलाई पठाएको हो। 

धनगढी उपमहानगरपालिकाको परिसरमा मेयर गोपाल हमाल र उपमेयर कन्दकला रानाले अविर र रामनामी ओढाएर जेष्ठ नागरिकहरूलाई मुक्तिनाथका लागि बिदाई गरे।

'जेष्ठ नागरिकलाई चाहिने भनेको उपचार र धार्मिक यात्रा हो। उपचारका लागि हामीले १९ वटै वडामा वडा क्लिनिक चलाइरहेका छौं। अहिले उनीहरूलाई तीर्थयात्रामा पठाए छौं', मेयर गोपाल हमालले भने। 

'यस तीर्थ यात्राका दुईवटा सन्देश पनि छन्। पहिलो कुरा हाम्रो समाजका हरेक जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश हो भने अर्को कुरा हरेक स्थानीय तहले लक्षित वर्गका लागि कार्यक्रम बनाउँछन्, हामीले जेष्ठ नगारिकका लागि 
उमेर अनुसारको कार्यक्रम नीति तथा कार्यक्रममै राखेका थियौ।'

मेयर हमालले यो कार्यक्रम हरेक वर्ष राखिने बताए। 'जेष्ठ नागरिक दोहोरिनु भएन, अझ थारु समुदायका गुरुवा, मन्दिरका पुजारी सहितका धार्मिक व्यक्ति हामीले यस यात्रामा समेटन सकेका छैनौं, अर्को वर्ष उहाँहरूलाई पनि मुक्तिनाथको दर्शनका लागि पठाइने छ,' मेयर हमालले भने। 

उपमहानगरपालिकाले चारवटा एसी बसमा जेष्ठ नागरिकहरूलाई बाटामा खाना, पानीसहित मुक्तिनाथ पठाएको हो। उनीहरूको बिहीबार उपमहानगरपालिकामा स्वास्थ्य परीक्षण गरिएको थियो। 

सामाजिक सुरक्षा भत्ताबाहेक अधिकांश स्थानीय तहहरूले जेष्ठ नागरिक लक्षित कार्यक्रम बनाउँदैनन। धनगढी उपमहानरपालिकाले गरेको यस कार्यको सबैले सराहना गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.