बेलायतमा अर्को प्रधानमन्त्री हप्ता दिनपछि मात्रै

बेलायतमा अर्को प्रधानमन्त्री हप्ता दिनपछि मात्रै

लन्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ। 'अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुने छ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरणअघि नै नयाँ नेता बनाउनुपर्छ,' अध्यक्ष ग्राहम ब्राडीले भने। 

प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तामै बिहीबार नाटकीयरूपमा राजीनामा दिने घोषणा गरेकी थिइन्। कर कटौतिको उनको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूमध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजट्ठनामा घोषणा गर्नुपरेको हो।

डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजट्ठनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताइन्।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.