रकम हिनामिना गर्ने अस्पतालका दुई कर्मचारी पक्राउ

रकम हिनामिना गर्ने अस्पतालका दुई कर्मचारी पक्राउ

विराटनगर: रकम हिनामिनाको आरोपमा मोरङको बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पतालका दुई जना कर्मचारी पक्राउ परेका छन्। 

अस्पतालमा कार्यरत बूढीगंगा–२ का ३६ वर्षीय दूर्गाबहादुर विष्ट र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अस्मिन भट्टराईलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। 

दुवै जना अस्पतालको बिलिङ काउन्टरमा कार्यरत कर्मचारी हुन्। बिरामीका आफन्तले अस्पतालको नाममा डिपोजिट गरेको रकम हिमामिना गरेको आरोप उनीहरूलाई छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अस्पतालले दिएको जाहेरीका आधारमा विष्ट र भट्टराईलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए। 

विष्ट र भट्टराईले अस्पतालको सफ्टवेयर नै परिवर्तन गरेर रकम हिनामिना गरेको आशंका छ। पक्राउ परेकाहरूले कति रकम हिनामिना गरेर भन्ने बारेमा खुल्न बाँकी रहेको श्रेष्ठले बताए। 

अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले रकम हिनामिना गरेको पाइएपछि उजुरी गरिएको र दुवै जनालाई प्रहरीले पक्राउ गरेको बताए। थप विषय प्रहरीको अनुसन्धानपछि खुल्ने निरौलाको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.