तिहार लक्षित पसलहरूको अनुगमन : फोहोर भएको प्रेसर कुकर र टपेस जफत

तिहार लक्षित पसलहरूको अनुगमन : फोहोर भएको प्रेसर कुकर र टपेस जफत

भक्तपुर : भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा तिहारलाई लक्षित गरेर मिठाई र फलफूल पसलको शुक्रबार अनुगमन गरिएको छ। 

अनुगमनमा मिठाई पसलको भान्छा र भाँडाकुडा फोहर भएको र तराजु नवीकरण नभएको धेरै भेटिएकाले पाँचवटा जफत गरेको म्याद नाघेको सामानहरू हजार रुपैयाँको जफत गरी नष्ट गरेको संयोजक गोराले बताए। 

न्यू दोलखा मिठाई भण्डार नवीकरण गर्न, तराजु नवीकरण गर्ने, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखेर मात्र बिक्री वितरण गर्ने, खानेकुरा र मिठाई झिंगा नभन्किने गरी र धुलो नपस्ने गरी जालीले छोप्ने, भान्छा र पकाउने भाँडाकुडा फोहर भएकाले प्रेसर कुकर र टपेस जफत गरिएको छ। 

यस मिठाई भण्डारणका सञ्चालकलाई तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए। 

लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्री वितरण गर्ने, भान्छा सफा गर्न, फ्रिजमा सम्पूर्ण सामान मिसाएर नराख्न निर्देशन दिएको छ। 

नवदुर्गा एण्ड चाट हाउस (मिठाई) प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्री वितरण गर्ने, भान्छा सरसफाई गर्न, मिठाईमा खाद्य रंग ५ केजी मैदामा १ ग्राममात्र राख्न निर्देशन दियो।

ख्वप फलफूल तथा जुस पसल दर्ता नभएकाले त्यहीं दर्ता गराएर म्याद नाघेको सामानहरू क्रिमिया विस्कुट ७ पाकेट जफत गरी नष्ट गरियो।

नापतौल विभागमा तराजु नवीकरण नगरेकाले जफत गरिएको छ भने तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो। 

श्री न्यू ब्रम्हायणी फ्रुट्स एण्ड जुस सेन्टर तीन दिन भित्र दर्ता गर्न, तराजु नवीकरण नभएकाले १ थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो।

श्री ब्रम्हायणी फ्रुट्स एण्ड जुस सेन्टर तराजु नवीकरण नभएकाले १ थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो। 

चाँगु नारायण फ्रुटस् एण्ड फ्रेस जुस पसल नवीकरण गर्न, म्याद नाघेको चोकोपाई ४ पाकेट, फाण्टा ३ वटा जफत गरी नष्ट गरियो।

रामकेशरी प्रजापतिको चिया तथा मिठाई पसल तराजु नवीकरण गर्ने, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्री वितरण गर्ने, खानेकुरा र मिठाई झिंगा नभन्किने गरी र धुलो नपस्ने गरी जालीले छोप्ने, भान्छा र पकाउने भाँडाकुडा फोहर भएकाले सफा गर्न, मिठाईमा ५ केजी मैदामा १ ग्राममात्र खाद्य रंग प्रयोग गर्न निर्देशन दिएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.