कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ घाइते

कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ घाइते

कपिलवस्तु : कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो। सो दुर्घटनामा साइकल यात्री एक जना र ३ शशस्त्र प्रहरीसहित ४ जनाको ज्यान गएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ल प्रहरी कायालयका प्रहरी नायब उपरीक्षक मिन हादुर घलेले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान जनक चौधरी र हवल्दार रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। 

योसँगै मृतकको संख्या ४ पुगेको छ भने अन्य ३ जना घाइतेको उपचार भैरहेको छ । 

यसअघि शुक्रबार साँझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो ।

शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित भइ दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.