अमर अभिप्रेरक
नेपाली–नेपालभाषा वाङ्मय साहित्य–संस्कृतिको आकाशबाट एक होनहार नक्षत्र झरेको २०७९ असोज ३० गतेको बिहानी सम्पूर्ण नेपाल र नेपाली मात्रकै लागि नियतिकै लीलामय शाश्वत लीला बनेको छ। लीलामय चराचर जगत्कै निमित्त नकार्नै नसकिँदो अन्तिम लीला बनिदिन्छ।
स्वर्गीय वाङ्मय साहित्य संगीत संस्कृति महापुरुषको अमर आत्माको चिरशान्ति कामना गर्नु उहाँका पथगामी हामी सबैको परम धर्म–कर्म रहेको छ। बन्छ, बनिरहन्छ नै। उहाँकी सहकर्मी धर्मपत्नी राधादेवी जोशी परस्परका टेवा बनिरहनु भएको हो। सत्यमोहन जोशी सशरीर हामीमाझ नरहे पनि उहाँको कीर्तिमय चेतले यो नेपाली वाङ्मय साहित्य संगीतले अनुरणित रहने छन्। रहिरहोस्। कामना गर्छु सतत् !
यसलाई सबै श्रद्धेय महानुभावले पूर्वाचरण मात्र सम्झिदिनु हुन नम्रतापूर्वक नमन गर्छु। नम्रता शिष्टता सत्यमोहन दाइको शिर स्वाभावै। यो शिल मैले उहाँबाटै आत्मसात् गरेको। यसमा उहाँको योगदान महान् छ। लाग्छ यो र यस्तै अन्य अनेक शिल उहाँबाट आत्मसात् गरें। महामानव परंहस परमात्मा बुद्ध प्रदन्त्त शिल ! बुद्धका दिशानिर्देश पञ्चशील अनि अष्टशीलमा आधारित छन्। पञ्चशीलले पाँच तत्त्व बोध गराउँछ। अष्टशीलमा अष्टांगशील अन्तर्निहित छन्। राधादेवी जोशी भाउजू र मेरी सासूकी छोरीबीचै पनि उत्तिकै हिमचिम छ। धेरै धेरै पटक सत्यमोहन दाइले हामीलाई युगल जोडीकै रूपमा वकुंबहाल घरआँगनमा आमन्त्रण गर्नु भा’थ्यो। सँगै जान्थ्यौं हामी।
सिलसिलाबद्ध नभएका यी प्रासांगिक अप्रसंग। वयोवृद्ध अवस्थाका प्रसंग अलि यताउति हुनु वयकै वरदान। कुदरत गर्छ। हेरौं। के हुँदो छ। सत्यमोहन दाइ १६ वर्षले अग्रज। व्यग्र नबनी पछि लाग्ने म। यहाँहरूको अनुज ज्येष्ठ नागरिक नेपाली ख्यप्रिङ भाषा गाउँले विशुद्ध। जीवन यौवनकालैमा अनेक राष्ट्रिय, अन्तर्राष्ट्रिय सुनौलो अवसरलाई नआक्ने भएर विशुद्ध भादगाउँले बन्न रुचाएँ। यस राजमार्गलाई डोर्याएँ सत्यलाई मोहन पथ ठम्याएरै (दिवंगत सत्यमोहन दाइले पनि बकुँबहाल (ललितपुर) कुलघरानलाई कुनै हालतमा नि त्याग्ने मन मोड्नु भएन। कुललाई परित्याग नगर्ने मनसायको अन्तरालमा लाग्ने मोह नै भाषा–वाङ्मय–साहित्य–संस्कृतिको अनन्त अविरल अजश्र स्रोत बाहिनी प्रवाह ठान्छ। यो आफैं अन्तरालको ढुकढुकी। सम्भवतः मभित्र सत्यमोहन जोशीज्यूकै प्रतिछाप प्रतिछायाँ।
संस्कृति, भाषा, साहित्य, नाट्यका स्वयं व्यक्तित्वका कुबेर अग्रज मोहक व्यक्तित्व केन्द्रबिन्दु सदा सच्चिदानन्द स्वामी सत्यमोहन जोशी। आदिकवि भानुभक्तले संस्कृत वाङ्मयका शब्द स्वामीलाई ‘ख्वमित’ भनेका छन्।
हामीभित्र हामी हराएको बेला विवेक चँुडिन्छ। विवेक चुँडिएपछि स्वतः हराउँछ। स्वतः हराउनु त आफैं लोप हुनु। आफूभित्र आफू जीवित राख्न सकेरै दिवंगत आत्मा अभिप्रेरक बन्छ। दिवंगत आत्मचेत हाम्रा जीवनका अमूर्त अभिप्रेरक रहन्छन्। भन्नुको तात्पर्य दिवंगत चेतले सजीव शरीरलाई स्वप्नका प्रेरणा बनिरहन्छ। सपना निरर्थक संकेत होइनन्। मात्र आत्मसात् गर्न सक्नु पर्दो हुन्छ। जे लेख्छु ती सबै नभए नि केही त आंशिक त हुन्छ नै। आफ्नै अनुभूति बाँडचुँड पक्कै !
२०११ सालदेखि सत्यमोहन दाइसित मेरो प्रत्यक्षीकरण भएको। २०१० सालमा नेपाल साहित्य मन्दिर, भक्तपुर संस्थापन गरेथ्यौं। हास्य व्यंग्यकार सूर्यबहादुर पियाःको अध्यक्षतामा। कान्छो मामा विज्ञानबहादुर मल्लकै मल्लकालीन बहाल बैठकमा झी (हाम्रो) कवि चित्तधर हृदयको प्रमुख आतिथ्यमा पहिले कवि गोष्ठी आयोजना गरेथ्यौं। सत्यमोहन दाइ पनि सहभागी हुनुहुन्थ्यो। निबन्ध वाचनपछि धाप पाएथें। पाटन कलेजले आयोजना गरेको साहित्य सम्मेलनमा निबन्ध पढ्ने बेला उहाँले हौस्याउनु भएथ्यो। यस प्रकार उहाँ मेरा अभिप्रेरक हुनुहुन्थ्यो।
सत्यमोहन दाइले मलाई एक पटक राष्ट्रिय नाचघरको कार्यक्रमपश्चात् नितान्त स्नेहपूर्वक काठमाडौं कोहितीको प्रेससम्म सँगै लानुभयो। उहाँ सधैं अघिअघि म पछि। हिँड्नै नसक्ने सँगै। १६ वर्षले कान्छो भएर के गरुँँ ? अशक्त बुढो झैं लाजै मर्नु भुतुक्कै ! कहिलेकाहीँ टेक्ने लौरो लिन भुल्दा ‘लौरो छुट्ला है’ सम्झाउनु हुन्थ्यो। सचेतकको भूमिका निर्वाहक... ! यसभित्रका सहयोगी भावका स्वाद अनन्त प्रगाढ... ! कतिपय मनैले ठम्याइनु पर्दो ! मनोविज्ञानका कुरा... ! उपकारी अन्तराल अन्तर्य... !
लाग्छ, उदारमनस्क भाव दीर्घायुका अचुक जडीबुटी ! १०३ वर्ष पाँच महिनाको जीवन वरदान सितिमिति कसले पाउँदा हुन्... ? आश्चर्यनित हुन्छु... ! सत्यसित सदा मोहित सत्यमोहन जोशी आफ्नो चिनो आफैं जोखना गर्नु हुँदा हुन्... ! जोशी समुदायको कुलायन तन्त्र, मन्त्र साधना चिनो तयार गर्नु नै हो। म नि भक्तपुर नासमनास्थित मचा (बाल) जोसिकामा चिनो देखाउन पुग्थें। रसिला, मिजासिला मचा जोशी पनि सत्यमोहन जोशीज्यू स्नेही, मिजासिला हुनुहुन्थ्यो। महामनाका स्मृतिले यत्रयत्र सर्वत्र सञ्चार गर्दो रहेछ। अनुभूति आफ्ना आदरणीय पाठक महानुभावबीच पसार्न चाहें।
लाग्छ, उदारमनस्क भाव दीर्घायुका अचुक जडीबुटी ! १०३ वर्ष पाँच महिनाको जीवन वरदान सितिमिति कसले पाउँदा हुन्... ? आश्चर्यनित हुन्छु... ! सत्यसित सदा मोहित सत्यमोहन जोशी आफ्नो चिनो आफैं जोखना गर्नु हुँदा हुन्... ! जोशी समुदायको कुलायन तन्त्र, मन्त्र साधना चिनो तयार गर्नु नै हो।
झीपुचः विराटनगरको सम्मानमा सत्यमोहन जोशीज्यूले पाटन दरबारको केशवनारायण चोकभित्र एउटा भव्य समारोह आयोजना गर्नु भएथ्यो। उहाँले स्नेहपूर्वक अँगालेर भन्नुभयो, तेजेश्वर भाइ त्यहाँ संस्कृति र नेपालभाषामाथि प्रकाश पार्नु हुन साउति गर्छु। सहभागी महानुभावहरू सम्बन्धमा जिज्ञासा राख्दा विद्वान् विदुषी समूहका भव्य नामावली उल्लेख गर्नु भएथ्यो। त्रिभुवन विश्वविद्यालयका प्रायः प्राध्यापक, पाटन कलेज, नेपालभाषा एकेडेमी, नेपाली–नेपालभाषा साहित्यिक फाँटका प्रायः सबै सबै। लौहपुरुष गणेशमान सिंह प्रमुख अतिथि। कविवर केदानमान व्यथित सभापति। संस्कृतिविद् सत्यमोहन आफैं कार्यक्रम सञ्चालक। के खोज्छस् कानो आँखा भनेझैं ठाने माने यो आत्माचरीले !
बोल्ने क्रममा केशवनारायण चोक निर्माण संरचना, संस्कृति, कला, शिव, शैली, सामग्री आदि समाहित भएका हुन्छन्। जसलाई हामी अचेल उत्तिसारो ओज दिन्नौं झैं लाग्छ। निर्माण सामग्रीबारे अचेल उत्ति गहिरिएर मन लाउन्नांै। त्यस उसले गहिरो जानकारी पनि हुन सकेन भन्छु। मध्यकालीन निर्माण सामग्री बुटी, मसला जे भनिए पनि भिन्न खालले थिए।
पचपन्न झ्याले दरबार, पाँचतल्ले (न्यातपौ) मन्दिरलगायत काष्ठमण्डप देवल अनि पाटन दरबार, केशवनारायण दरबार चोकका निर्माणशैली विशुद्ध नेपाल मण्डपको मध्यकालीन नेपालको विशुद्ध मौलिक विधिविधान (मन्त्र, तन्त्र, यन्त्र) अनुरूप हुने गर्थे। मन्त्र, तन्त्र, विधि नितान्त गोपनीय हुन्थे, हुन्छन्, भई नै रहेका छन्। भन्छु– भन्न हिचकिचाउनु परोइन। चरम गोपनीय राख्दाराख्दै शत्पात्रताबाट फुस्के नहसनहस हुन सक्ने खतरामुक्त छैन पनि। चरम सन्तुलनको खाँचो पर्छ, परिरहन्छ नै।
यतिञ्जेलको प्रसंग केशवनारायण चोक दरबार संरचनाको छ। उक्त दरबार संरचना आधुनिक नाट्यशाला झैं उबेलै मल्ल शासन अवधिमै अवधारित भएको बुझिन्छ। चोकको काष्ठकारीगरिता मण्डित बरण्डा, झ्यालहरू राजा–रानी, राजपरिवार कक्ष, अरू दिशाका झ्याल दरबारिया घरानाका लागि दलान, छिँडीहरू जनघरनाका लागि निर्मित रहेभएका छन्। सत्यमोहन दाइ पुरातत्त्व विभागको निर्देशकमा बहाल भएलगत्तै तनमयता साथ घण्टाघरमुनिका आर्काइभमा निरीक्षण गर्दा देखेबुझेका सामग्री (पुराताŒिवक) महत्त्वाकांक्षाप्रति जिज्ञासु रहेको बताउनु भएको सुनेमानेका यहाँहरू समक्ष उप्काउँदै, पस्काउँदै छु।
जिज्ञासु हुनु पर्दो रैछ। जान्ने लहराका पहरा खुल्दो रहेछ। उहाँबाट सिकें। जानेको ज्ञान–गुनका जानकारी जिज्ञासु पाठक महानुभाव समक्ष पसार्नु मानवतावादको अन्तर्य बने मानेको छु। यस्ता सौजन्यका सुजनता हजुरहरूबीच पस्कँदै छु। असली उन्नानब्बे बैंसको तन्नेरीमा प्रोत्साही ऊर्जा आर्जन गर्दैछु। हतोत्साही नबनी बढोत्साही बन्दा वयोवृद्धावस्थाको रत्तिभर क्षण नहँुदो सत्यतथ्यका क्षितिज उघ्रँदो स्वानुभूतिले अभिषेक गर्दो रैछ। स्वानुभूतिले अभिषेक गर्ने अनुभूति चाहें।
प्रयास सत्मार्ग बोधि दिक् दर्शन माने ठानेको छु। महामानव सिद्धार्थ गौतमको महाभिनिष्क्रमणका पदचापको टिको निधार युगल दृष्टिबीच लगाएँ। चरणाविन्द शब्दानुभूति आर्जेको थिइनँ। बल्ल यो धर्म आस्थाका मिरमिरे किरण यो घैंटोमा झुल्कन थालिरैछ। वयोवृद्धावस्थालाई धर्म आस्थावान् अग्रज पुर्खाले गोर्खाली सम्पदा राशिमा घोलेको चाल पाइरैछ। मानव कल्याणका अनन्त मार्गमध्येको एक ठानेमाने यसलाई केशवनारायण चोकले दिगन्त पुर्यायो। हामीलाई सुदर्शनबहादुर श्रेष्ठजीहरूका साझा संस्था झीपुचःले सत्यमोहन जोशीका साथ यो बबुरो तेजेश्वरलाई सँगसँगै विराटनगर उडायो। झीपुचःप्रति नतमस्तकतासाथ आभार। यो मेरो मात्र हैन। आम मानवधर्म क्षाणै... ! संस्कृति, भाषा, साहित्य, नृत्य–नाट्यका स्वयं व्यक्तित्वका कुबेर अग्रज मोहक व्यक्तित्व केन्द्रबिन्दु सदा सच्चिदानन्द स्वामी सत्यमोहन जोशी। आदिकवि भानुभक्तले संस्कृत वाङ्मयका शब्द स्वामीलाई ‘ख्वमित’ भनेका छन्। भाषिक परम्परामा नेपाली शिक्षा परिषद्ले यसलाई परिपालन, परिपोषण गरिरहेको जीवन्त अनुभूति आफैं।
विराटनगर त महाभारतकालीन युगमा विराटपर्व युगबोधक रहेछ पो ! सत्य, त्रेता, द्वापर, कलियुग बोधक अवस्था झल्काउँदो। झीपुचः विराटनगरले हामी सबैलाई एकै होटलमा आवास गराउँदो सौजन्य अर्पण गरेथे। गोविन्दबहादुर मानन्धर अर्थात् धुस्वाँ सायमी। धुस्वाँ नेपालभाषा शब्द। धुस्वाँ शब्दको अर्थ नेपाली मौलिक प्राकृतिक झार–जडीबुटी। सबै झार जडीबुटी। सबै जडीबुटी झारैझार। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड। कति मार्मिक उखान बखान ! कुरो गर्यो कुरैको दुःख। नगरे चित्तैमा दुःख आफैंमा। कार्यक्रम सञ्चालन तीन दिन लगातार भएथ्यो। पहिलो दिन २०५४ पुस २४ गते भीमरथारोहण, दोस्रो दिन सिन्दूरयात्रा पुस २५ गते, नारी अभिनन्दन २६ गते धूमधाम तवरले सुसञ्चालन भई सम्पन्न भएको थियो। त्यस कार्यक्रममा पूर्वाञ्चलका १५ जिल्लाका नेवाः पुचःको सक्रिय सहभागिता थियो।
त्यस अवसरमा बोल्ने क्रममा सांस्कृतिक सम्पदाभित्र लेसिएका अमूर्त पक्षका सम्बन्धमा अभ्यन्तरका भावधारा पोखेथें। विश्लेषणका क्रममा संस्कृत श्लोक– स्थियाचरिक्रम् पुरुवस्य भाग्यम् दैवो नजानाति। कुतो मनुष्यम्को विश्लेषण गर्न थाले। नारीको चरित्र, पुरुषको भाग्य दैव त जान्न सक्दैनन्। मानिसले के थाहा पाउन् ? व्याख्या, विश्लेषण गर्न थालें। धर्मभिरु अन्धपरम्परा वादीलाई पक्कै मुटुछेड् काव्य बन्यो होला ! सहजै अनुमान गर्न सकिँदो छ। समय सकियो। चिट् आयो। अनुशासन पालना गर्नै पर्छ, गरेथे !
साँच्चै बिट मार्नुअगाडि दिवंगत शताब्दी पुरुषको सयौं वर्षगाँठ भव्यताका साथ मनाउने आमभक्तपुरवासीको तर्फबाट पनि कार्यक्रम मनाए। यो कार्यक्रम विशुद्ध नेवारी सांस्कृतिक परम्परागत संस्कार अनुरूप गरेथे। कार्यक्रमको चार दिनपूर्व सम्मान गरिने हृदयाभरण महापुरुषको आवासीय घर प्रवेश बाजागाजासहित प्रवेश गरिन्छ। नेवार संस्कृति अनुरूप उसिनी तारेको हाँसको फुल, तारेको सिंगो माछा, मासु, मासको बारा माथि राखी अर्पिन्छ।
जिज्ञासु हुनु पर्दो रैछ। जान्ने लहराका पहरा खुल्दो रहेछ। उहाँबाट सिकें। जानेको ज्ञान–गुनका जानकारी जिज्ञासु पाठक महानुभाव समक्ष पसार्नु मानवतावादको अन्तर्य बने मानेको छु। यस्ता सौजन्यका सुजनता हजुरहरूबीच पस्कँदै छु। असली उन्नानब्बे बैंसको तन्नेरीमा प्रोत्साही ऊर्जा आर्जन गर्दैछु।
यसो गर्ने संस्कार पद्धतिका आधारभूत मर्म छन्। बाराका आकृति गोल छ। पृथ्वीकै धरातलको स्वरूप मानिएका छन्। अन्डा नभचरका प्रतीक, माछा चलचरको, मासु थलचरका। प्रतीकात्मकता मान्त्रिक, तान्त्रिक, यान्त्रिक, प्रणालीगत विधि हुन्। तीनै विधि हाम्रा संस्कारित विधि तिनै संस्कृति परिभाषित छन्। हाम्रा सांस्कृतिक संस्कार यिनै त रहेका छन्। भक्तपुर दत्तात्रय मन्दिर आँगनबाट सत्यमोहन जोशीको
रथयात्रा आरम्भ। अघिअघि यहाँ पछिपछि यात्रापथ पूरा गर्यौं। लावालस्कर बाजागाजा साथ श्रीवाराही पीठका कार्यक्रम थलोसम्मै।
कार्यक्रमस्थलसम्मै सत्यमोहन दाइ सशक्त तन्नेरी पारा लाग्नु भयो। म भने सद्भावु बन्धुका आडभरोसामा। कार्यक्रमको झन्डै पूर्वाञ्चलमै सत्यमोहन दाइलाई शिरमा हिमगिरि सेतो फित्ता बाँड्नै थाप्लोको नाम्लो आफैं पर्यो। कार्यक्रमको अन्ततिर एक घण्टा निर्धक्क प्रवचन दिनुभयो। जीवनारम्भको पाँच वर्षसम्म बक नफुटेको अवस्था। धार्मिक सांस्कृतिक परम्परा अनुरूप बक नफुट्दा सूर्यविनायक मन्दिर दर्शन गराउने परम्परा अद्यावधिक छ।
बा–आमाको काखैमा लुट्पुटिँदै खाईलाई गर्दा कुनै पिरले नकोपिएर मात्तिएका बालक जोशी जंगलमाझका बीच एक्लिँदाको व्यथाले रोइकराइ चिच्याउँदाको पीडालाई बाङ्मय शताब्दीपुरुष त्यसलाई बाल मनोविज्ञान भन्थे। पुष्करलाल मास्के आफैं सा वि भक्तपुरको शक्तिशाली मेजिस्ट्रेट भएर लाल बैठक परिसरमा राष्ट्रिय चित्र संग्रहालय स्थापना गरेको इतिवृत्ति ज्ञात गराएँ। सामुन्ने अगाडि बसेकाले औंलाले इंगित गर्दै नेपाली–नेपाल भाषालगायत वाङ्मय संस्कार संस्कृति विषयक व्यक्ति भन्नुभयो। यसको पेनड्राइममै रेकर्ड भएको छ। अनेक परिकारसहितका लागि भोजन आफैं लागि अस्वस्थ्यकर हुने भएर निष्ठाछें फर्कें।
वाङ्मय शताब्दी पुरुषको निधनपश्चात् उहाँको श्रद्धाञ्जलीस्वरूप शाब्दिक श्रद्धाञ्जली अर्पण एपीवान टेलिभिजनको प्रमुख सम्पादक टीकाराम यात्रीले सहयोगी बन्न अनुनय गर्नु भएथ्यो। वयोवृद्ध अवस्थाले पाँच तल्ला भर्याङ उर्कन कठिनाइ व्यक्त गरें। उहाँलाई मेरा सबै अवस्था अनगत भएरै कसलाई आमन्त्रण गर्ने ? सुझाव माग्नुभयो। डा. जगमान गुरुङ नाम सुझाएँ। जगमानजी लमजुङे भएर पनि अनेक नेपालका जनजातीय संस्कार संस्कृतिप्रतिका प्रखर जिज्ञासु हुनुहुन्छ। एपीवान टेलिभिजनमा आधा घण्टाको सीमित कार्यक्रम थियो। आवेगमा बोल्दै त्यत्रो वाङ्मय संस्कृति कला साहित्य पुरुषको अन्त्येष्टि चिनो जलाएर गर्दा परम्परागत मर्यादाविरुद्ध जुत्ता, पाइन्ट, सुटमा ढल्की गरेकोमा निकै भावुक भएर आक्रोशित हुनु भएथ्यो।
नेवार नेपाली संस्कृति सनातन अनुरूप धोती लाएर जनै कानमा फन्काएर दागबत्ती दिइनु पथ्र्यो। त्यसमा म नि गुरुङको पक्षधर छु। वियोग माथिको वियोग व्यथा यो। सांस्कृतिक सम्पदाको विचलन आफैं अस्तित्वको विचलन। चिनो जलाउनु नेवार वंश परम्पराकै अस्तित्व। सत्यमोहन जोशीजस्ता युगपुरुषको चिनो दहन यान्त्रिक तान्त्रिक विधि अनुरूपहरू पथ्र्यो। केही नभए पनि कम्तीमा त्रिकोणात्मक श्रीखण्ड वा सिसौ वा कपुरका काठकै भए नि त्रिकोणात्मक चिता बनाई दहन गरेको भए उत्तम जँचिन्थ्यो। त्रिकोणलाई मातृ कोष या योनी मानिन्छ। जीवन दर्शन योगअनुसार। यसमाथि निकै विश्लेषण गर्न सकिने भएर नि बिट मार्ने अनुमति चाहूँ। सत्यमोहन जोशी सदा अमर विजयी बन्नेछन्। कामना गर्छु।