जलवायु परिवर्तनको असर लोमान्थाङमा !

जलवायु परिवर्तनको असर लोमान्थाङमा !

जोमसोम: माटोको शहरका नामले परिचित उपल्लो मुस्ताङ पछिल्लो समय जलवायु परिवर्तनको असर देखिन थालेको छ । 

मनोक्रान्ति ईको स्पिरिचुअल योगा अनुपम पोखराबाट लोमान्थाङ पुगेको मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दसहितको टोलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिले लोमान्थाङमा जलवायु परिवर्तनको असर देखिन थालेको बताएका हुन् । 

मनोक्रान्ति गुरु डा. विकाशानन्द युवा दार्शनिक हुन् । उनी मनोक्रान्ति योगका अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट योग, ध्यान, दर्शन र आध्यात्मिक प्रचारप्रसारमा योगदान दिएका छन् । 

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छिमी बिष्टको रोहबरमा डा. विकाशानन्दले शुक्रबार अन्तक्रिया गरेका थिए । डा. योगी विकाशानन्दसहितको गएको सहभागी टोलीले राखेको जिज्ञासामा गाउँपालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा देखिन थालेको उल्लेख गरे ।

‘विश्व सम्पदा सूचीमा सुचिकृतको क्रममा रहेको उपल्लो मुस्ताङलाई माटोको शहर अर्थात मर्ट सिटीका नामले परिचय रहेको छ, तर,यो यहाँको मौलिकता कतिसम्म रहला भन्ने चिन्ता थपिदैछ ,अध्यक्ष गुरुङले भने, ‘जलवायुको प्रभावले पानी नपर्ने यो ठाउँमा भारी वर्षा हुन थाल्यो, हिमपात पनि असमान प्रकारको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.