चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सकियो, राष्ट्रपति सीलाई तेस्रो कार्यकाल
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशन बेइजिङमा शनिबार सम्पन्न भएको छ। चिनियाँ राष्ट्रपति सी चीनफीङलाई तेस्रो कार्यकालका निम्ति अनुमोदन गर्दै महाधिवेशन सम्पन्न भएको हो।
पार्टीले शनिबार सीको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ।
महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। जसमा ११ जना महिला छन्।
केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ।