रौतहट १ मा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा

रौतहट १ मा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा

रौतहट : प्रतिनिधि सभा सदस्य पदका लागि रौतहटको क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र एमालेका अजय गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग नेकपा एमालेका उम्मेदवार गुप्ता चुनावी मैदानमा छन्।

दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो, कोणसभा, भेटधाट लगायतका कार्यक्रमहरू गरिरहेका छन्। अध्यक्ष नेपाल पछिल्ला दिनहरूमा आफ्नो क्षेत्रमा आउने क्रम पनि बढेको छ। नेपाललाई गठबन्धनका उम्मेदवारहरूले पनि सघाइरहेको छन्। 

तर, नेता नेपाललाई यसभन्दा पहिले मत दिएका स्थानीयले गुनासो पनि उत्तिकै गरिरहेका छन्। नेता नेपालले जिल्लामा समुचित विकास गर्न नसकेकोमा स्थानीयको गुनासो छ।

जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल, लालबकैया नदी टिकुलियाको पुल वर्षौदेखि अलपत्र हुँदापनि कसैले ध्यान नदिएको गुनासो छ। 

दोस्रो संविधानसभा निर्वाचनमा नेपालसँग करिब तीन सय मतले पराजित भएका मधेशवादी दलबाट एमाले भएका नेता गुप्ताले यो चुनावमा नेता नेपाललाई कडा चुनौती दिने छन्। 

गुप्ताले मतदाता भेटघाटलाई तीव्र पारेका छन्। एमालेका तर्फबाट क्षेत्र नं. १ को 'क' बाट राजकिशोर यादवसँगको सहकार्यमा गुप्ताले घरदैलो कार्यक्रममा जोड दिइरहेका छन्। 

यस्तै पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि गठबन्धनका उम्मेदवारहरूसँग घरदैलो कार्यक्रममा व्यस्त छन्।

एमालेका नेता अजय गुप्ता र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका अध्यक्ष उम्मेदवार माधव नेपाल दुवैले रौतहट क्षेत्र नम्बर १ का मतदाताको साथ रहेको दाबी गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.