रुपन्देहीको रोहिणीमा कुस्ती

रुपन्देहीको रोहिणीमा कुस्ती

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिका-३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ।

तराई-मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए।

कुस्ती खेललाई लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले जानकारी दिए।

रोहिणी गाउँपालिकाको आयोजनामा कात्तिक १५ र १६ गते श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले बताए।

युवाहरूलाई प्रोत्साहन र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी प्रतियोगिता गर्न लागिएको क्षेत्रीले बताए। 

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ , द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए। 

उनले भने, 'निर्णायकको निर्णयअनुसार पहलमानहरूलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिनेछ।'

प्रतियोगितामा नेपाल र भारतबाट गरी २५ जना बढी पहलमानको सहभागिता रहने उनले बताए। 

त्यस्तै १०/१५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए। 

उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए। 

उनले भने, 'खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ।' प्रतियोगितामा प्रवेश निःशुल्कको व्यवस्था रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.