मुलुकभरका हवाई तथा स्थल नाकाहरू व्यवस्थित गर्छौं : गृहमन्त्री

मुलुकभरका हवाई तथा स्थल नाकाहरू व्यवस्थित गर्छौं : गृहमन्त्री

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले नेपालका सबै हवाई तथा स्थल नाकाहरू सुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन्। 

सुरक्षा, पर्यटन प्रर्वद्धन तथा आर्थिक गतिविधि चलायमान गराउन पनि नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको उनले जनाए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यबस्थित गर्नुपर्ने जरुरी रहेको औल्याए।

उनले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुनसक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए।

'मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुकबिरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाकाहरू सुव्यवस्थित गर्नुपर्ने छ। यसतर्फ सरकार लागिरहेको छ', उनले भने, 'निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ।'

स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचन पछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उनले प्रतिबद्धता जनाए। 

उनले नाका सुव्यबस्थित गराउन निमार्ण गर्नुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पारे। 

त्यस्तै उनले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रूपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताए।

'नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो, आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ', गृहमन्त्री खाणले भने, 'भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाई भएको हो। जग्गा अधिग्रहण गरी निमार्ण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ।'

अधुरो रहेको बेलहिया-बुटवल व्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुने पनि उनले बताए। 

विशेष आर्थिक क्षेत्र 'सेज'मा नियमित विद्युत आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उनले बताए। 

क्षेत्र नम्बर ३ (क)का गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही र सिंगो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि गठबन्धनले जित्नु जरुरी रहेको बताए। 

उनले गृहमन्त्री खाण गठबन्धनका मात्रै उम्मेदवार नभएर क्षेत्रवासीका साझा उम्मेदवार भएकाले एकढिक्का भएर मतदान गर्न आह्वान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.