चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई किन पार्टीको महाधिवेशनबाट निकालियो?

चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई किन पार्टीको महाधिवेशनबाट निकालियो?

बेइजिङ : सन् २००३ देखि २०१३ सम्म चीनका राष्ट्रपति भएका हु जिन्ताओलाई पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महाधिवेशनको समापन समारोहबाट अप्रत्यासित रुपमा बाहिर निकालिएको भिडियोले अहिले विश्व तताएको छ। सन् २०१२ मा सी महासचिव चुनिनु अघि जिन्ताओ पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए।

सो भिडियोमा कमजोर देखिने ७९ वर्षीय जिन्ताओ राष्ट्रपति सी जिनपिङको देब्रेपट्टि रहेको कुर्सीमा बसेका देखिन्छन् । ली झान्सु र वाङ हुनिङ जिन्ताओको देब्रेपट्टि बसिरहेका छन् भने निवर्तमान प्रधानमन्त्री ली खछ्याङ जिनपिङको दाहिनेपट्टि बसिरहेका देखिन्छन्।

भिडियोमा दुई अधिकारीले जिन्ताओलाई बाहिर हिँड्न आग्रह गर्छन्। एकजना अफिसरले उनलाई पछाडिबाट समातेर उठाउन खोजिरहेका छन् ।  

जब दुई अधिकारीले हु जिन्ताओलाई बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति जिनपिङसँग केही भन्न खोज्दै छन्। राष्ट्रपति जिनपिङले पनि टाउको हल्लाउँदै केही भनेका छन्।

त्यसपछि हु जिन्ताओले प्रधानमन्त्री ली खछ्याङको काँध पछाडिबाट छोएका छन्। त्यसपछि अधिकारीले उनलाई ‘ग्रेट हल अफ द पिपुल’बाट बाहिर लगेको देखिन्छ।

विश्वमा चर्चाको विषय बन्दै उक्त भिडियो

उनलाई किन यसरी बाहिर निकालियो भन्ने विषयमा अधिकारिक स्पष्टीकरण चीन सरकारले हालसम्म दिएको छैन । 

भिडियो हाल संसारभर भाइरल भएको छ । के कारणले यस्तो भयो भन्ने विषयमा धेरै अड्कलबाजी भइरहेको छ । यसबारे धेरै प्रश्न उठिरहेका छन् तर चीन सरकार भने यसमा मौन देखिन्छ। 

चिनियाँ राज्य समाचार एजेन्सी सिन्ह्वाले हुलाई अस्वस्थ भएकोले चेम्बरबाट बाहिर निकालिएको भनेको छ। तर भिडियोको सुरुमा हु जिन्ताओ बाहिर जान तयार नभएका देखिन्छन्। उठिसकेपछि पनि उनी अकस्मात सी जिनपिङको नोटहरू उठाउन थाल्छन् र अलमलमा परेका जस्ता देखिन्छन् । त्यसपछि सी जिनपिङले हु जिन्ताको हातबाट नोट फिर्ता लिन्छन्।

जिन्ताओलाई गम्भीर स्वास्थ्य समस्या भएकोले बाहिर निकालिएको हुन सक्ने अनुमान गरिए पनि अस्वस्थताका कारण भए उनी अलमलमा किन परे भन्ने प्रश्न उब्जिन्छ।

उनले आफ्ना उत्तराधिकारी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङको काँध छोएर के भने होलान् भन्ने प्रश्न पनि उठिरहेको छ। 

चीनमा शक्तिको राजनीति अहिले चर्किएको छ र देशका पूर्व नेतालाई 'संदेश दिन’ मात्रै उनलाई मञ्चबाट हटाइएको भन्ने अनुमान पनि गरिएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनले वर्तमान राष्ट्रपति सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकाल दिएको छ । महासचिव, पोलिटब्युरो र स्थायी समितिको चयन केन्द्रीय कमिटीले आइतबार गर्दै छ। तेस्रो कार्यकालका लागि महासचिवमा सर्वसम्मत चयन भएका उनी चीनमा माओ त्सेतुङपछिकै शक्तिशाली नेताको रुपमा स्थापित भएका छन् ।
 
हु जिन्ताओको शासनकालमा सन् २००८ मा भएको बेइजिङ ओलम्पिक अन्तर्राष्ट्रिय प्रदर्शनको हिसाबले सबैभन्दा राम्रो समय मानिएको छ। त्यसपछि चीनमा ठूलो संख्यामा विदेशी कम्पनी र विदेशी पर्यटक आउने गरेका थिए। इन्टरनेट धेरै नि: शुल्क बनाइएको थियो। चीनका मिडिया क्षेत्रमा सुधार भएको पनि बताइएको छ। यसले विश्वमा चीनको प्रतिष्ठा लगातार उकालो लागेको विश्लेषकहरुले उल्लेख गरेका छन्।

हु जिन्ताओको शासनकालमा चीनको आर्थिक विकास दोहोरो अंकमा वृद्धि भएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.