सी जिनपिङ बने तेस्रो पटक चीनको राष्ट्रपति, ली छ्याङ प्रधानमन्त्री

सी जिनपिङ बने तेस्रो पटक चीनको राष्ट्रपति, ली छ्याङ प्रधानमन्त्री

बेइजिङ : सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन्।

सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो। अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन्।

एक दशकदेखि सत्तामा रहेका सी तेस्रो पटक सत्तामा आएर इतिहास रचेका छन्।  चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि चीनमा तेस्रो पटक कुनै पनि नेता सत्तामा आएका थिएनन्।

सी चिनफिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन्। उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन्।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भनेका छन्, 'ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।'

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढने बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.