सन्दीप लामिछाने थप दुई दिन प्रहरी हिरासतमा रहने

सन्दीप लामिछाने थप दुई दिन प्रहरी हिरासतमा रहने

काठमाडौं : काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिन म्याद थपेको छ। 

अघिल्लो पटक थपेको चार दिनको समयसिमा सकिएपछि जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन दिएको हो।

 उनलाई  दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  जानकारी दिए । मैनालीका अनुसार लामिछानेविरुद्धको मुद्दामा अनुसन्धान लगभग सकिएकाले आइतबार साँझसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने तयारी प्रहरीको छ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका बेला भदौ २१ गते उनीमाथि बलात्कारको आरोप लागेको थियो। 

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। किशोरीको जाहेरीपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलको निसानामा परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाल फर्केर अनुसन्धानमा सघाउने बताएका थिए। इन्टरपोलको निसानामा परेपछि असोज २० गते दोहा हुँदै स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो।

म्याद थपका लागि अदालत पुगेका सन्दीपले आफूलाई सुनियोजित रुपमा फसाइएको र आफू निर्दोष रहेको दाबी गरेका छन्। उनलाई आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका थिए। उनले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका हुन्। 

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा उजुरी दिएकी थिइन्। सन्दीपले उजुरी परेलगत्तै प्रतियोगिता छाडेका थिए। त्यसलगत्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि विभिन्न मुलुकमा बस्दै आएका सन्दीप युवा क्रिकेटर सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्‍याएको र त्यसपछि काठमाडौंको एक होटलमा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

किशोरीले दिएको उजुरीको आधारमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.