झापामा १५ लाख बढीको पटाका नष्ट

झापामा १५ लाख बढीको पटाका नष्ट

झापा : सीमावर्ती नाकाबाट भित्राइएको १५ लाख बढीको प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरेको छ। 

तिहार तथा छठ पर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको १५ लाख २७ हजार ८०० रुपैयाँ बराबरको पटाका झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको हो। 

बरामद गरिएको पटाकालाई जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिहान पत्रकार सम्मेलन गरी नष्ट गरेको हो। 

अवैध रूपमा ओसारपसार भइरहेकोमा अवस्थामा प्रहरीले विभिन्न प्रकारका पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए। 

प्रहरीले पसलमा लुकाइछिपाई बिक्री वितरण गरिरहेको पटाका पनि जफत गरेको बताउँदै एसपी पोखरेलले भने, 'वडा प्रहरी कार्यालय भद्रपुरले नगर क्षेत्रबाट शनिबार बेलुका विभिन्न पसलबाट पनि पटाका बरामद गरेको थियो।' 

पटाकाको आयात र प्रयोगमा केही नियन्त्रण गरिए पनि पूर्ण रूपमा निर्मूल पार्न नसकिएको उनले बताए। त्यसमा सबैको सहयोग आवश्यक भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.