देश गम्भीर मोडमा पुगेको छ : प्रधानमन्त्री देउवा

देश गम्भीर मोडमा पुगेको छ : प्रधानमन्त्री देउवा

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर मोडमा पुगेको बताएका छन् । 

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने,‘अहिले नेपाल अत्यन्तै गम्भिर मोडमा उभिएको छ । देश कता जाने ? संविधान कता जाने भन्ने द्विविधा छ। हामीले २००७ सालदेखि लड्दा/लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले एकबद्ध भएर गठबन्धनका उम्मेदवारहरु जिताउन पनि आह्वान गरेका छन । देउवाले भने, ‘सुदूरपश्चिम मेरो घर हो, त्यसैले सुदूरपश्चिमबासीमाथि मेरो हक लाग्छ । यसपाली गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दछु ।’ 

संविधानको रक्षा, राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने देउवाको भनाइ छ । 

देउवाले टिकट वितरणका क्रममा आफ्नै दलका नेतामाथि अन्याय भएको भन्दै माफी पनि मागेका छन् । उनले भने, ‘मलाई थाहा छ, गठबन्धनका कारण पनि कांग्रेसका सबैले टिकट पाएनन, कसैमाथि अन्याय पनि भयो, म त्यसका लागि क्षमाप्रार्थी छु ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.