मन्त्री सांसद पद अपराधीहरूलाई छुटाउने लाइसेन्स : बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मन्त्री, सांसद पद अपराधीहरूलाई छुटाउने लाइसेन्स हुन थालेको भन्दै दुःख व्यक्त गरेका छन्।
भक्तपुरको ख्व्प मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लले दीपावली तथा नेपाल सम्वत् ११४३ का अवसरमा आइतबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष विजुक्छेंले भोटका लागि जे पनि गरिदिने नेताहरूले गर्दा देश नै संकटमा परेको बताए।
जनतामा पैसा नदिइ भोट नदिने बानी बसेको भन्दै उनले ठूला राजनीतिक दल र तिनका नेताहरूले जनतालाई बिगारेको आरोप लगाए।
निर्वाचनमा खर्च गरेर चुनाव जित्ने र अनि पछि त्यो खर्च उठाउन भ्रष्टाचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो। त्यसकारण निर्वाचनमा पैसा दिनेलाई बहिष्कार गर्नुपर्ने उनले खाँचो औंल्याए।
प्रतिक्रिया दिनुहोस !
१