'बैंकको चर्को ब्याजदरले व्यवसायीलाई डिप्रेसन'

'बैंकको चर्को ब्याजदरले व्यवसायीलाई डिप्रेसन'

भक्तपुर : भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकको चर्को ब्याजदर व्यवसायीहरूको निन्द्रा हराम भएको बताएका छन्। 

संघले दीपावली, नयाँ वर्ष नेपाल सम्वत ११४३ का अवसरमा आइतबार यहाँ गरेको शुभकामना आदानप्रदान  कार्यक्रममा अध्यक्ष मानन्धरले यसबाट व्यवसायीहरूलाई डिप्रेसन हुन थालेको बताए। 

हामीलाई रातभरि निन्द्रा लाग्न छोडेको छ, उनले भने, यही कारण कुनै व्यवसायीको मृत्युसम्म हुनसक्ने अवस्था आयो। 

यदि यसो भयो भने जिम्मेवारी कसले लिने? के बैंकहरूले यसको जिम्मेवारी लिने हो? उनले प्रश्न गरे। 

बैंक तथा वित्तीय संस्थाहरूले वृद्धि गरेको ब्याजदरले व्यापारी तथा व्यवसायीहरूलाई लगानी गर्न निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरूलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे। 

संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए। 

उनका अनुसार बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.