के युक्रेनले 'डर्टी बम' प्रयोग गर्दै छ?
किभ : किभले रेडियोधर्मी सामग्रीले भरिएको परम्परागत विस्फोटक 'डर्टी बम' प्रयोग गर्न सक्ने रुसको दावीलाई युक्रेनले अस्वीकार गरेको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले आरोप लगाउनुको अर्थ रुसले नै यस्तो आक्रमणको तयारी गरिरहेको बताए।
युक्रेनका सहयोगीहरूले पनि यो दाबी अस्वीकार गरेका छन्। रुसी आक्रमणलाई बढावा दिने बहाना बन्ने कुनै पनि कारबाही नगर्ने अमेरिकाले बताएको छ।
यसअघि रुसी रक्षामन्त्री सर्गेई शोइगुले आफ्ना बेलायती समकक्षी बेन वालेससँग फोनवार्ताका क्रममा डर्टी बमसँग सम्बन्धित बयान दिएका थिए।
उनले किभद्वारा उत्तेजित गर्ने खालको 'डर्टी बम' प्ररयव्ग गर्ने कुरामा आफू चिन्तित भएको बताए।
आइतबार, सर्गेई शोइगुले बेलायतलगायत फ्रान्स र टर्कीका रक्षा मन्त्रीहरूसँग उक्त कुरा गरे। तर, उनले आफ्नो दाबीलाई पुष्टी गर्ने कुनै ठोस प्रमाण भने दिएनन्।
यसको जवाफ दिँदै जेलेन्स्कीले रसियासँग युद्धसँग सम्बन्धित सबै खराब (डर्टी) चीजको स्रोत' भएको आरोप लगाए।
यसैबीच, बेलायतका रक्षा सचिव बेन वालेसले सर्गेई शोइगुको 'युक्रेनले पश्चिमी देशहरूको निर्देशनमा आफ्नो योजना बनाउँदै' भन्ने आरोपलाई खारेज गरेका छन्।
उनले यस्ता दाबी गरेर युद्ध चर्काउने बहाना बनाउन नहुने चेतावनी समेत दिए। बीबीसी