लागुऔषधसहित भक्तपुरबाट दुईजना पक्राउ

लागुऔषधसहित भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर :भक्तपुर नगरपालिका  १० कमलविनायकमा लागुऔषध विक्रीवितरण तथा ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। लागुऔषध विक्रीवितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने  ३३  वर्षीय रविन तामाङ र सोही स्थान भइ हाल कमलविनायक नै बस्ने ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् । 

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागुऔषधसहित चोरी गरि राखिएका मोटरसाकलको हेल्मेटसमेत फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

कानुन बमोजिम बरामद गरी लागुऔषधसम्बन्धी कसुरमा उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उनीहरुबाट लागुऔषधसहित मोटरसाइकल, हेल्मेट बरामद भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.