पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै

पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै

तानसेन : तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै गएको छ। तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा रङ्गी विरङ्गी झिनियाँ रोटी राखिएका छन्। 

एक हप्तादेखि पाल्पाका अधिकांश पसलहरूमा झिनियाँ रोटीको व्यापार सुरु भएको हो। तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको हो। 

यस वर्ष कोभिडको सक्रमण दर हटेपछि बजारमा चहल पहलसँगै झिनिया रोटीको व्यापार बढेको हो। तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो। 

तिहारको आगमनसँगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनिया रोटीले ढाकेको छ। पाल्पाका  बजारमा झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भिड बढेको छ। 

रामपुर नगरपालिकाका रुद्रनारायण श्रेष्ठले लामो समयदेखि झिनियाँ रोटी बनाएरै जीविकोपार्जन गर्दै आएका छन्। 'बाबु बाजेले पनि झिनियाँ रोटी बनाएर जीविकोपार्जन गर्नुभएको थियो, मैले पनि सानैदेखि त्यही काम सिके अहिले झिनियाँ रोटी बनाएर जीवन चलाएको छु,' रामपुर नगरपालिकाका रुदनारायण श्रेष्ठले भनेए। 

झिनियाँ रोटी बनाउन सके हुन्छ बजारको कुनै समस्या छैन घर घर बाटै बिक्री हुदै आएको उद्योगी श्रेष्ठले बताए। 
    
पाल्पाको तानसेन, रामपुर, हार्थाक, ताहुँ, सराई लगायतका अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने ससाना घरेलु उद्योगहरू नै सञ्चालनमा  छन्। 

विविध प्रकारका रोटीको परिकार खाने पर्वका रूपमा मनाइने तिहारमा घर घरमा झिनियाँ रोटी नपाके परिकार नै अपुरो हुन थालेको छ। 

रोटीको व्यापार बढेसँगै झिनियाँ रोटी उद्योगहरू पनि बढ्दै गएका छन्। रामपुरकी लक्ष्मी श्रेष्ठ झिनिया रोटी बनाएर बिक्री गर्ने त्यक्ष क्षेत्रकै पुरानो व्यापारी हुन। 

पाल्पाका बजारको नेवारी समुदायमा बढी चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। 

राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकोले तिहारमा झिनियाँ रोटीको बिक्री बढेको उद्योगी श्रेष्ठले बताइन। 

केही घर बस्तीमा मात्र सीमित रहेको झिनियाँ रोटी पछिल्लो समय देश भरी लोकप्रिय बन्दै गएको छ। चामल पिसेर मसिनो पिठो बनाइन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणका लागि विभिन्न थरीका खाने रंगहरू मिसाएर हाते मेसिन बाट यो रोटी बनाउने गरिन्छ। 

पकाउन सजिलो खान मिठो भएकाले पनि झिनिया रोटीको लोकप्रियता बढ्दै गएको छ। अन्य समयमा भन्दा तिहारको समयमा झिनिया रोटीको व्यापार बढी हुन्छ। 

पाल्पामा बजारमा ७० रुपैयाँ दर्जनदेखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनिया रोटी बिक्री हुँदै आएका छन्। जागर मिहेनत गर्न सके झिनिया रोटीबाट राम्रो आम्दानी हुने तानसेन टक्सारकी झिनिया रोटी उद्योगी विष्णुमाया श्रेष्ठले बताइन्। 

श्रेष्ठले ३० वर्षदेखि तानसेनमा झिनियाँ रोटी बनाएर बिक्री गर्दै आएकी छन्। श्रेष्ठले महिला विकास शाखामार्फत १ सय जनाभन्दा बढी महिलाहरूलाई झिनियाँ रोटी बनाउन सिकाएको बताइन्। सिकाएका महिलाहरूले गाउँ गाउँमा झिनियाँ रोटी बनाएर आम्दानी गरेको उनको भनाइ छ। 

घरमै बसेर आम्दानी गर्न सकिने पेसा भएकाले पाल्पाका स्थानीय सरकारदेखि घरेलु तथा साना उद्योग कार्यालयले महिलाहरूलाई रोटी बनाउने तालिमदेखि मेसिनहरू सहयोग गर्दै आएको छ।

झिनियाँ रोटीकै कारण पाल्पाका करिब २ सय परिवारले घरमै बसी बसी रोजगारी पाएका छन्। तानसेनको टक्सार, मखनटोल, भगवतिटोल, लगायतका नेवारी बस्तीका अधिकांश महिलाहरूको आम्दानी स्रोत नै झिनियाँ रोटी बनेको छ। 
यसबाट प्रति परिवारले वार्षिक २ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। पाल्पामा बनाएको झिनिया रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौंसम्म बिक्री हुँदै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.