बेलायतको प्रधानमन्त्री ऋषि सुनक हुने सम्भावना

बेलायतको प्रधानमन्त्री ऋषि सुनक हुने सम्भावना

एजेन्सी : बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक आउने निश्चित भएको छ  ।

बोरिस जोनसनले प्रधानमन्त्रीको दौडबाट अलग रहने बताएपछि पूर्वचान्सलर ऋषि सुनक बेलायतको भावी प्रधानमन्त्री हुने निश्चित देखिएको हो । यसअघि सुनक प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिए पनि लीज ट्रससँग पराजित भएका थिए । प्रधानमन्त्री लीज ट्रसले प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनमै राजीनामा दिएकी थिइन् ।

अब सुनक र पूर्वमन्त्री पेन्नी मोर्डन्टबीच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्रीको दाबीका लागि एक सय सांसदको समर्थन आवश्यक पर्नेमा जोनसनको पक्षमा ५७ जना मात्रै खुलेकाले जोनसनले दाबी छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कन्जरभेटिभ पार्टीको एक हजार ९ सय २२ समितिले नयाँ नेता चयन गर्ने गर्छ । प्रधानमन्त्री पदमा उम्मेदवारी मनोनयन गर्न कम्तीमा एक सय सांसदको समर्थन चाहिन्छ । सुनकका पक्षमा हालसम्म एक सय ३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् ।

मोर्डन्टको पक्षमा अहिलेसम्म २३ सांसदले समर्थन देखाएका छन् । तीन सय ५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरु मौन रहेका छन् । बेलायतले आगामी अक्टोबर २८ मा नयाँ प्रधानमन्त्री पाउनेछ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.