यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको होइन : देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धन बनेको बताएका छन्।
काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।
उनले भने, 'यो गठबन्धन हिजो, आज र भोलिको आवश्यकता हो। पाँच दलका नेता एकतावद्ध हुन जरुरी छ। यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन्।' देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए।
देउवाले भने, 'लहडले गठबन्धन बनेको होइन। राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता छ।'
प्रतिक्रिया दिनुहोस !