तःमारीको तिहार बजार यसपटक खसी बजारमा

तःमारीको तिहार बजार यसपटक खसी बजारमा

भक्तपुर : भक्तपुर नगरपालिकाले यो वर्ष भक्तपुरको प्रसिद्ध तःमारी (पाँचतले मन्दिर परिसर) मा तिहारको बजार राख्न बन्देज गरेको छ। नगरपालिकाले तिहार बजार नजिककैको खसी बजारमा राख्ने बन्दोबस्त मिलाइदिएको छ। 

तिहारले तःमारी परिसर खचाखच हुँदा यात्रुसहित विभिन्न पक्षलाई समस्या भएको भन्दै भक्तपुर नगरपालिका-५ यो पूर्व सूचना जारी गरी त्यहाँ तिहार बजार राख्न बन्देज लगाएको थियो। यो क्षेत्र भक्तपुर नगरपालिका-५ मा पर्दछ। 

भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले तःमारीमा तिहार बजारले भरिभराउ हुँदा त्यो ठाउँ अस्तव्यस्त रहने भएकाले यो वर्ष बजार राख्न बन्देज लगाएको जानकारी गराए। 

हामीले विकल्पसहित तःमारीमा बजार राख्न बन्देज गरेका हौं, उनले भने, विकल्प दिएपछि सबैले सहर्ष स्वीकार गरेका छन्। विकल्पमा वडाकै पुरानो कम्पोष्ट प्लानिगमा ठाउँ बनाइएको छ। 

यसका लागि वडाले पहिले नै तयारी गरी सरसफाई समेत गरेको थियो। अहिले यही ठाउँमा बजार लागेको छ। यो ठाउँमा पार्किङको पनि राम्रो बन्दोबस्त भएकाले थप सहज महशुश गरिएको छ। 

यो ठाउँ-५ मै पदर्छ। यो ठाउँ तःमारीबाट पाँच मिनेटको हिँडाइमै पुगिन्छ। अरनिको राजमार्ग भएर आउनेलाई पनि यो ठाउँ पायक परेको छ। नगरपालिकाको त्यहाँ आठ रोपनीभन्दा बढी जग्गा खाली छ। 

पहिलो यो ठाउँमा नगरपालिकाले कम्पोष्ट मल थुपार्ने ठाउँका रूपमा प्रयोग गर्दै आएको थियो। तर पछि वस्ती भएकाले त्यहां फोहोर राख्न बन्द गरेको थियो। 

अहिले यो ठाउँमा तरकारी बजारका साथै पार्किगस्थलको विकास गर्ने योजना रहेको वडा कार्यालयले जानकारी गराएको छ। 

यसअघि नगरपालिकाले वडा कार्यालयसँगैको भगवतीस्थलमा हुने खसीबोका बिक्रीस्थल पनि त्यहाँबाट सारेर यही ठाउँमा सारेको थियो। अहिले खसी बजारका साथै तिहार बजार पनि स्थानान्तरण गरेको हो। 

अहिलेको बजार सिद्धी स्मृति अस्पतालको उत्तरपट्टि रहेको खसी बजारमा छ। सो स्थानमा आजैबाट तिहारका लागि चाहिने मसला, फलफुल लगायतका सामानहरू बेच्ने व्यापारीहरूले सामान झारिसकेको छ। 

विगत सयौं वर्षदखि व्यापार गर्दै आएको तःमारी चोकमा उपत्यकालगायत छिमेकी जिल्लाबाट तिहारका लागि चाहिने सामानहरूको बेचबिखन गरिन्थ्यो। 

समय परिवर्तनसँगै भक्तपुरमा यातायतका साधान बढेपछि तःमारी चोकमा आवतजावतमा समस्या आएको हुनाले नगरपालिकाले यो वर्षदेखि बजारलाई गयःभिद्यसँगै रहेको सो खाली ठाउँमा सार्ने सूचना एकहप्ता अघि नै जारी गरेको हो। 

आजबाट भोगटे, सुन्तला, बिमिरी, हलुवाबेद, ओखर, नरिवल, फुलहरूलगायत तिहारलाई चाहिने सामान सबै उपलब्ध हुने गरी व्यापारीले सामान झार्दै छन्। व्यापारीहरू आफूले हिजोअस्ति नै नाम लेखाएको नगरपालिकाले व्यवस्थित बनाएको ठाउँ खोज्दै सामान झार्दै छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.