तिहारमा सप्तरंगी टीकासँगै शिरमा पाल्पाली ढाका टोपी

तिहारमा सप्तरंगी टीकासँगै शिरमा पाल्पाली ढाका टोपी

तानसेन : भाइटीका नजिकिदै जाँदा पाल्पाका ढाका उद्योग तथा पसलहरूमा दिदीबहिनी तथा दाजुभाइहरूको भिड बढेको छ। 

तिहारमा सप्तरंगी टीकासँगै शिरमा पाल्पाली ढाका टोपी लगाउने चलन चल्तीका कारण दिदीबहिनीहरू दाजुभाइलाई राम्राराम्रा टोपी किन्न ढाका पसलमा पुगेका हुन्। 

नसेन नगरपालिका-३ की अनु रायमाझी ४ दाजु भाइका लागि टोपी किन्न तानसेनका ढाका पसलमा पुगिन्। रायमाझीले प्रत्येक वर्ष दाजु भाइलाई निधारमा टीकासँगै शिरमा पाल्पाली ढाका टोपी लगाइदिँदै आएकी छन्। 

पाल्पाली ढाका टोपीविना भाइटीका नै अधुरो हुने भएकाले प्रत्येक वर्ष दाजुभाइलाई टीकासँगै ढाका टोपी शिरमा लगाई दिँदै आएको रायमाझीले बताइन्। 

रायमाझी सयौ दिदीबहिनीहरू दाजु भाइ भाइटीकाका लागि  टोपी किन्न ढाका पसलमा पुगेका छन्। भाइटीकाको दिन, दिदीबहिनीहरूले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, शरीरमा कहिल्यै नओइलाउने मखमली फूलको माला र पाल्पाली ढाका टोपी लगाई दिँदै आएको तानसेन नगरपालिका-६ की शर्मिला भट्टराईले बताइन्। 

तानसेन भगवती टोलकी इन्दिरा बस्याल पनि शनिबार दिउँसो पाल्पाका ढाका पसलमा भाइटीकाको दिन दाजु भाइलाई शिर टोपी लगाइदिन राम्राराम्रा ढाका टोपी छान्दै थिइन्। 

आफूले सधैं भाइटीकामा टीकासँगै पाल्पाली ढाका टोपी शिरमा लगाई दिँदै आएको र यस वर्षका लागि पनी राम्रो टोपी किन्न ढाका पसलमा आएको बस्यालले बताइन्। 
    
विगतमा समयमा ढाकाको थान मात्र उत्पादन हुँदै आएकामा पछिल्लो समय ढाका उद्योगीहरूले उत्पादनमा विविधीकरण गरेका छन्। 

पाल्पाली ढाकाको, टोपी, पछ्यौरा, कुर्ता, सल, र सारी जस्ता सामग्री ढाका उद्योगबाट उत्पादन हुँदै आएका छन्। ढाका कपडाबाट पछिल्लो समयमा बच्चाका लागि जामा, दौरा सुरुवाल, आस्कोट, टाई, कोट, दुलाहा पहिरन, सल, पर्स, ब्याग, मोबाइल ब्याग जस्ता सरसमान विविधीकरण भएपछि ढाका कपडाको बिक्री बढेको छ। 

पाल्पाली ढाका कपडा बच्चादेखि जेष्ठ नागरिकहरूलाई मिल्ने गरी विविधिकरण भएको छ।  पाल्पामा ढाकाका कारीगढहरूलाई तिहारकै सरसमान निर्माण गर्न भ्याई नभ्याई भएको छ। 

तिहारमा दिदीबहिनीले ढाका टोपी, दाजुभाइले पछ्यौरा सल, ब्याग उपहार लैजाने गरको मदनपोखरा ढाका पसलकी शितम भण्डारीले बताइन्।

तिहार केन्द्रित ढाकाका सरसमान भएकाले एक महिनामा ढाकाको व्यापार उच्च भएको भएको भण्डारीले  बताइन्। 

तिहार पछि जाडो समय सुरु हुने भएकाले पनि दिदीबहिनी दाजुभाइले शरीरलाई चिसोबाट बचाउन ढाकाका सरसमान उपहार दिने चलन बढ्दै गएको हो। 

सप्तरङ्गी टीकासँगै शिरमा पाल्पाली ढाका टोपी नभएमा शिरको शोभा नै नहुने भएकाले परम्परादेखि टोपी लगाउने प्रचलन रहेकाले पनि ढाका टोपी अनिबार्य बन्दै आएको छ। 

अन्य समयमा टोपी नलगाउनेहरूले पनि भाइटीकामा टीकासँगै टोपी चाहिने भन्दै दिदीबहिनीहरू ढाका पसलमा आउने गरेका कार्की ढाका उद्योगका प्रोपाईटर ज्ञानु कार्कीले बताइन्।   
    
प्रत्येक वर्ष ढाकाको व्यापार बढ्दै गएको छ। दसैं तिहार मुख्य सिजन भएकाले ९० प्रतिशत टोपीको व्यापार तिहार हुँदै आएको छ। 

एउटा पाल्पाली ढाका टोपीको मुल्य ३ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँ सम्म पर्दै आएको छ। सामान्य परिवारदेखि उच्च वर्गका व्यक्तिहरूलाई लक्षित गरी ढाकाका सामग्रीहरू उत्पादन हुँदै आएको छ।

आफ्नो आर्थिक अवस्था अनुसार ढाकाका सरसमान किन्न सकिने सरसस्वती ढाका उद्योगका प्रोपाईटर हरि रायमाझीले बताए। पाल्पामा १७ वटा ढाका उद्योगहरू सञ्चालनमा रहेका छन् जसमा सातवटा उद्योगहरू हातेतान रहेका छन्। 

जिल्लाभर ५० भन्दा बढी ढाका कपडा मात्र बिक्री गर्ने पसल रहेका छन्, प्रत्येक फेन्सी पसलहरूमा ढाका टोपी बिक्री हुँदै आएको पाल्पा ढाका संघका सचिव मनोज पौडेलले बताए। 

ढाका कपडाको बिक्री बढेसँगै जिल्लामा रोजगारीको संख्या बढेको सचिव पौडेलले बताए। दुई वर्षसम्म कोभिडको कारण थला परेका ढाका उद्योगी तथा व्यवसायीहरू दसैं तिहारको अवसरमा खुसी देखिएका छन्। 

ढाका कपडाको बिक्री बढेसँगै ढाका उद्योगमा काम गर्ने कामदारहरूको संख्या बढ्दै गएको, ढाकाको विविधीकरणले बाहिरी क्षेत्रमा पनि सयौंले रोजगारी पाएको सचिव पौडेलले बताए। 

हाल पाल्पाली ढाकाबाट करिब १ हजारले रोजगारी पाएका छन् करोडौको कारोबार हुँदै आएको छ। पाल्पामा २०१५ सालमा स्वः गणेशमान मर्हजनले एउटा तानबाट ढाका कपडा उत्पादन सुरु गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.