भक्तपुरमा निकालियो भिन्तुना र्याली (फोटोफिचर)
भक्तपुर : नयाँ वर्ष (नेपाल सम्वत् ११४३) को अवसरमा मंगलबार भक्तपुरमा भिन्तुना र्याली (शुभकामना याली) निकालिएको छ। च्याम्हासिंहबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको हो।
र्याली च्याम्हासिंहबाट सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका हुँदै खौमा जगतसुन्दर मल्लको शालिका पुगेर टंगिएको थियो। त्यहाँ जगतसुन्दर मल्लको शालिकमा माल्यापर्ण गरी र्याली टुंगिएको थियो। प्रत्येक वर्ष नेपाल भाषा साहित्य तःमुंज्याले नयाँ वर्ष नेपाल सम्बतका दिन यसरी र्याली निकाल्दै आइरहेको छ।
तस्बिर : रेणु त्वानाबासु
प्रतिक्रिया दिनुहोस !
१