पाल्पामा करेन्ट लागेर १ जनाको मृत्यु
![पाल्पामा करेन्ट लागेर १ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_QueNU9X8n4.jpg)
तानसेन : पाल्पामा करेन्ट लागेर मंगल बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर रामपुर नगरपालिका-९ जब्गादी बस्ने २९ वर्षका बिष्णुबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले बताए ।
श्रेष्ठले आज बिहान घर नजिकै दवदवेको रुखमा चढेर घाँस काट्दै गर्दा थ्रि फेसको लाइन छुँदा करेन्ट लागेको हो। भुईंमा खसेका उनको तत्कालै उद्धार गरी उपचारको मिशन अस्पताल तानसेनमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बर्षातको समयमा बढेका रुखहरुको ग्रामिण भेगमा सञ्चालन भएका विद्युत अधिकाश तारहरु रुखमा छुने गरेका छन्। यस्ता काममा विद्युत प्राधिकरणले समयमा ध्यान दिनुपर्ने स्थानीयबासीले माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)