युगान्डाको विद्यालयमा आगलागी हुँदा ११ बालबालिकाको मृत्यु

युगान्डाको विद्यालयमा आगलागी हुँदा ११ बालबालिकाको मृत्यु

कम्पाला : मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मंगलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे 'स्कुल अफ द ब्लाइन्ड' मा घटना भएको हो।

आगलागीको कारण हालसम्म थाहा भएको छैन। तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

किसोगामा रहेको हेरोना अस्पतालमा गम्भीर अवस्थामा रहेको ती छ जनाको उपचार भइरहेको प्रहरीले विज्ञप्तिमार्फत  जानकारी दिइएको छ।  

युगाण्डाका विद्यालयहरूमा बारम्बार आगलागी हुने गरेको पाइन्छ। गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुदाँ चार बालबालिकाको मृत्यु भएको थियो।

सन् २०१८, मध्य युगान्डाको एक उच्च माध्यामिक विद्यालयमा आगलागी हुदाँ कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.