हड्डी कम्जोर हुँदा देखिन्छन् यस्ता लक्षण

हड्डी कम्जोर हुँदा देखिन्छन् यस्ता लक्षण

काठमाडौं : व्यस्त जीवनशैली र खानपानमा मानिसहरुको लापरवाहीका कारण हड्डीहरु बिस्तारै कमजोर हुन थाल्छन्। एक स्वस्थ्य शरीरका लागि हड्डीहरु बलिया हुनु जरुरी हुन्छ। 

हड्डी कमजोर हुनुको मुख्य कारण शरीरमा क्याल्सियमको कमी हुनु हो। आजकाल बढ्दो उमेर समूहका किशोरकिशोरीहरु  पनि हड्डीसम्बन्धी समस्याबाट ग्रसित छन्।

हड्डी कमजोर हुँदा जोर्नी र मांसपेशी दुख्ने र कहिलेकाहीं जोर्नीबाट चर्किने आवाज आउन थाल्छ। 

केही यस्ता लक्षणहरु छन् जसबाट हामीले हड्डी कमजोर हुन थालेको थाहा पाउन सक्छौं।

गिजा कमजोर हुनु : हड्डी कमजोर भएका कारण गिजामा समस्या आउन सक्छ। बङ्गराको हड्डीले दाँतमा पकड कायम राखेको हुन्छ। उमेर पार गर्दै गएपछि यो अन्य हड्डीहरू जस्तै कमजोर हुन्छ।

बङ्गाराको हड्डी भाँचिदा दाँत गिजाबाट निस्कन थाल्छ वा छुट्टिन पनि सक्छ । कमजोर बङ्गाराका कारण पनि दाँत बिग्रन सक्छ। 

नङ कमजोर हुनु वा फुट्नु : यदि बारम्बार नङ भाँचिन्छ भने शरीरमा क्याल्सियमको कमी भएको हुनसक्छ। क्याल्सियम बलिया हड्डीका लागि महत्वपूर्ण मानिन्छ। कमजोर नङ हुनु भनेको शरीरमा क्याल्सियमको कमी भएर हड्डी कमजोर हुँदैछ भन्ने बुझ्नुपर्छ।

ऐठन,मांसपेशी र हड्डी दुखाइ हुनु : भिटामिन डी, क्याल्सियम, म्याग्नेसियम र पोटासियमसहित केही भिटामिन र खनिजहरू हड्डीका लागि आवश्यक मानिन्छन्। शरीरमा यिनीहरुको कमी भएमा  शरीर ऐठन हुने, मांसपेशी र हड्डीमा दुखाइ हुनसक्छ।  यदेपि शरीरमा यी तत्वहरुको कमी हुँदै गएमा हड्डीमा असर पर्नसक्छ।

शरीर अगाडि झु्क्नु :  यदि हड्डीहरु कमजोर हुँदै गएमा शरीर अगाडितिर झुक्न थाल्छ। यो कमजोर हड्डीको सुरुवाति लक्षण हुनसक्छ।

यदि मेरुदण्ड भारी तौल बिना झुक्यो वा राम्रोसँग बस्दा पनि मेरुदण्ड वरपरका मांसपेशीहरू कमजोर हुन थाले भने हड्डी कमजोर हुन सुरु भएको मान्न सकिन्छ। यस्तो अवस्था सम्बन्धित चिकित्सकसँग स्वास्थ्य जाँच गराउनुर्छ।

मुटुको धड्कन बढ्नु : औसत मुटुको धड्कन ६० देखि १०० बीट्स प्रति मिनेटको बीचमा हुन्छ। स्वास्थ्य  विज्ञहरूका अनुसार ८० बीट्स प्रति मिनेटभन्दा बढी पल्स रेट हुँदा हिप र मेरुदण्ड भाँचिने जोखिम बढ्छ। मुटुको धड्कन व्यक्तिको फिटनेसमा भर पर्छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.