बेलायतका प्रधानमन्त्री ऋषि सुनकको पहिलो मन्तव्य ५ मिनेट ५६ सेकेण्डको
काठमाडौं : नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि उनीहरूले पहिलो भाषण कति लामो समय गर्लान्? पक्कै अन्दाज लगाउनुभयो होला, निकै लामो।
तर, बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकको पहिलो मन्तव्य ५ मिनेट ५६ सेकेण्डको थियो। सो क्रममा उनले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेही हुने बताए।
यसअघि बेलायतकै तत्कालीन प्रधानमन्त्री लीज ट्रसले गत सेप्टेम्बर ६ मा ४ मिनेट मन्तव्य दिएकी थिइन्। यस्तै बोरिस जोन्सनले ११ मिनेट १३ सेकेन्ड मन्तव्य दिएको बीबीसीले जनाएको छ।