भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन
![भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन](https://annapurnapost.prixacdn.net/media/albums/newsphoto_20221025202910_HHlBJE5DKa.jpg)
भक्तपुर : भक्तपुरको मध्यपुर थिमिमा एकदिने विविध नेपाल भाषा साहित्य सम्मेलन भएको छ। मध्यपुर थिमि नगरपालिका-५, ताहाननीमा मंगलबार एकदिने साहित्य सम्मेलन भएको हो।
सम्मेलनको पहिलो सत्रमा बिहानै सांस्कृतिक याली भएको थियो। र्यालीले नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो।
दोस्रो चरणमा सांगीतिक प्रस्तुति भएका थिए। नयाँ तथा पुराना साहित्यकारहरूले आ-आफनो साहित्य वाचन गरेका थिए।
साथै विभिन्न क्षेत्रका विज्ञ राजनीतिज्ञ, प्राध्यापक, पत्रकार, कानुनविद्, जलश्रोतविद्, संविधानविद्, समाजसेवी लगायतका आआफना क्षेत्रका बारेमा पनि अनुभव सुनाएका थिए।
कार्यक्रमको तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम भएको थियो। सांस्कृतिक कार्यक्रम राति अबेरसम्म चल्ने २४औं विविध भाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष कर्णबहादुर प्रजापतिले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)