सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए
नाब्लस : इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन्।
विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ। इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ।
टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ। आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि ३० वर्ष उमेर समूहका हुन्।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सैनिक कारबाहीको लक्ष्य प्यालेस्टिनी बन्दुकधारीहरूको थियो।
सशस्त्र प्यालेस्टिनी समूहले हालै एक इजरायली सिपाहीको गोली हानी हत्या गरेको तथा सैनिक केन्द्रमा धेरै पटक आक्रमणको प्रयास गरेको थियो।
यसैबीच, इजरायली प्रधानमन्त्री यायर ल्यापिडले 'लायन्स डेन'का नेता वादी हाउ सैनिक कारबाहीमा मारिएका स्थानीय रेडियोलाई बताए। देशको सुरक्षाका खातिर सैनिक कारबाही जारी रहने उनले स्पष्ट पारेका छन्।