हेटौंडाको तरकारी बजारमा आगलागी : एक घर र तीन पसलमा क्षति
![हेटौंडाको तरकारी बजारमा आगलागी : एक घर र तीन पसलमा क्षति](https://annapurnapost.prixacdn.net/media/albums/22_20221027151652_dM338M1wx7.jpg)
हेटौंडा : मकवानपुरको हेटौंडा-१० स्थित तरकारी बजारमा आगलागी भएको छ। आज दिउँसो १२:३५ बजे भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट एक घर र ३ पसलमा क्षति भएको प्रहरीको अनुमान छ। हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीका कारण खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)