बेपत्ता महिलाको शव सर्पको पेटभित्र भेटियो

बेपत्ता महिलाको शव सर्पको पेटभित्र भेटियो

एजेन्सी : इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ। 

रबर सङ्कलनको काम गर्ने  ५० वर्षीया जराह गत आइतबार रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन्। तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो।

एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए। सर्पको पेटमा महिलाको शव फेला परेको समाचार बीबीसीमा उल्लेख छ।

'सर्पको पेटभित्र पीडित महिला थिइन्,' बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्।

उनका अनुसार ती महिलाको सग्लो शव सर्पभित्र पाइएको थियो।

उक्त सर्प कम्तीमा पाँच मिटर लामो भएको स्थानीय बासिन्दाले बताएका छन्।

हुन त यो घटना दुर्लभ हो। तर इन्डोनेसियामा अजिंगरले मानिसलाई मारेको र खाएको  यो पहिलो घटना भने होइन।

यस्तै प्रकृतिका दुईवटा घटना सन् २०१७ र सन् २०१८ मा प्रकाशमा आएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.