पर्यटन प्रवर्द्धन गर्न भैरहवादेखि तनहुँसम्म साइकल यात्रा

पर्यटन प्रवर्द्धन गर्न भैरहवादेखि तनहुँसम्म साइकल यात्रा

भैरहवा : साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मका लागि चार दिने साइकल यात्रा सुरु गरेको  छ। गृहमन्त्री बालकृष्ण खाणले चार दिने साइकल यात्राको शुभारम्भ गरेका हुन्।

गृहमन्त्री खाँणले हरियो झण्डा फहराइ तनहुँसम्मको साइकल यात्रा प्रारम्भ गरे। भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरि साइकल यात्रीलाई बिदाइ गरे।

शुक्रबारदेखि सुरु साइकल यात्रा आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको हो ।

भैरहवादेखि तनहुँको 'रम्भा–मानुग्कोटको ४ दिने साइकल यात्रा’ प्रारम्भ गरेको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए । गृहमन्त्री खाणले पछिल्लो समय साइकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवर्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए।

भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुरहुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए। यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुंग, आर्यभंज्यांग, चिदीपानी, हुमिन हुदै ताहुँ धोबाधि पुग्नेछ । 

दोस्रो दिन धोबाधिबाट यात्रा शुरु गरी रम्भादेवी मन्दिर,ताहुँ बजार,बिर्कोट,रामपुर हुदै भिमाद बजार पुग्नेछ । तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार,जामुने भन्ज्यांग,चापाघाट हुदै मानुंगकोट सम्म पुग्ने संयोजक खरेलले जानकारी दिए।

चौथो दिन मनुग्कोटदेखि दमौली बजारसम्म साइकलमा पुग्नेछ । दमौलीबाट भैरहवा भने बसमार्फत फर्किने छन् । यात्रामा १६ साइकल यात्री सहभागी छन् । साइकल सिटी यस अगाडी आन्तरिक पर्यटन प्रर्बधनका लागि भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.