विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले ट्वीटर खरिद गरे
लण्डन : विश्वकै सर्वाधिक धनी व्यक्तिको रुपमा चिनिएका एलन मस्कले समाजिक सञ्जाल ट्वीटर खरिद गरेसँगै त्यसमा काम गर्ने उच्च अधिकारीहरुलाई हटाएका छन् ।
ट्वीटरको स्वामित्य लिएसँगै मस्कले ट्वीटरका सीइओ पराग अग्रवाललाई हटाएको बीबीसीले समाचार लेखेको छ । उनले ४४ विलियन डलरमा ट्वीटर खरिद गरेका हुन्।
ट्वीटर किनेसँग मस्कले समाजिक सञ्जालमा ‘द बर्ड इज फ्रिड’लेखेका छन् । ट्वीटर खरिद गर्ने सम्झौता उनले गत अप्रिल महिनामै गरेका थिए । तर , केही प्राविधिक विषयप्रति असन्तुष्टि देखाउँदै मस्क खरिद प्रक्रियाबाट बाहिरिन खोजेका थिए ।
मस्क विधुतीय गाडी टेस्लाको मालिक समेत हुन् । विश्व बजारमा मस्कले सफल व्यवयासीको रुपमा आफूलाई स्थापित गरेका छन् । मस्कले सीइओसँगै ट्वीटरका वित्तिय प्रमुख नेल सेगड,कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई समेत बर्खास्त गरेका छन् ।
गत नोभेम्बरदेखि ट्वीटरको अध्यक्षका रुपमा काम गरेका ब्रेट टेलरले समेत आफू पदमा नरहेको संकेत दिएका छन् । उनले लिङ्क्डइनमा आफ्नो प्रोफाइल अपडेट गरेका छन् ।