दिल्लीबाट बैंग्लोर जान लागेको इन्डिगोको विमानको इन्जिनमा आगलागी

दिल्लीबाट बैंग्लोर जान लागेको इन्डिगोको विमानको इन्जिनमा आगलागी

नयाँ दिल्ली : दिल्लीबाट बैंगलोर जाँदै गरेको इन्डिगोको विमानको इन्जिनमा शुक्रबार राति उडान भर्ने क्रममा आगलागी भएको छ।

आगलागीका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकाल घोषणा गर्नुपरेको थियो। यो घटना राति १० बजेतिर भएको हो।

दिल्लीबाट बैंगलोर जाँदै गरेको उडान नम्बर ६ई–२१३१ मा उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो। यो कुरा बाहिर आएपछि पाइलटले टेक अफ रोके।

समाचारका अनुसार विमानमा सवार सबै यात्रु सकुशल छन् , कसैलाई पनि चोटपटक लागेको छैन। पछि यात्रुहरूलाई अर्को विमानबाट बैंगलोर पठाइएको बीबीसीमा बताइएको छ।

विमानमा १७७ यात्रु र सात चालक दलका सदस्य थिए। इन्डिगोले पनि विज्ञप्ति जारी गरी यो घटनाको बारेमा जानकारी दिएको छ।

स्रोतका अनुसार इन्डिगोको यो विमानपछि स्पाइसजेटको विमान उडानको प्रतिक्षामा थियो। यसको पाइलटले कन्ट्रोल रुममा फोन गरेर इन्डिगो विमानको इन्जिनमा आगलागी भएको जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.