अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

वासिङटन डिसी : अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेको हुन्।

यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरेाको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन ।

आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगिन् । प्रवक्ता ह्यामिलका अनुसार पल पेलोसीको आक्रमणपछि जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको छ।

सान फ्रान्सिस्कोका प्रहरी प्रमुख विलियम स्कटले शुक्रबार बिहान २:२७ मा गरिएको फोन कलमा अधिकारीहरूलाई सो घटनाबारे जानकारी गराइएको बताए। प्रहरीका अनुसार डेभिड डेपेपले पल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । अभियुक्त घरको पछाडिको ढोकाबाट पसेका थिए ।

विलियम स्कटले आरोपीलाई घातक हतियार, चोरी र अन्य धेरै अपराधहरूको साथ आक्रमणको आरोप लगाइएको छ। अहिले आरोपी डेपेप पनि अस्पतालमा भर्ना छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.