सडकभरि धान

सडकभरि धान

भक्तपुर : खेतमा रहने धान सडकभरि भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर, यतिबेला भक्तपुरमा भने यस्तै देखिन्छ जताततै। 

आआफनो खेतबाट काटेर ल्याएको धान भक्तपुर नगरका ठाउँ ठाउँमा सुकाइराखेका देखिन्छ। यसले नगरको स्वरुपम परिवर्तन भएजस्तो भएको छ। 

नगरका खुल्ला चौर, सडकपेटी, चोक, गल्ली जताततै धान सुकाइराखेको देखिन्छन्। यसरी देखिने क्रममा वयान गर्नुपर्दा सबैभन्दा धेरै भक्तपुरको ल्योसिंखेल जहाँ प्रत्येक वर्ष बिस्का जात्रामा ५५ हात लामो ल्योसिंद्यो उठाइन्छ, त्यही धेरै देखिन्छ। 

त्यहाँको खुल्ला ठाउँमा मात्रै झण्डै एक सय परिवारको हाराहारीमा धान सुकाइराखेको देखिन्छ। त्यस अवसरमा विशेष गरी महिलाहरूलाई धान सुकाउनमा भ्याइनभ्याई हुन्छ। 

बिहान आउन आउन थालेदेखि साँझ घाम नअस्ताउँदासम्म उनीहरूको चटारो हुन्छ। बिहानको खाना खान सकेर घाम चको हुन थालेसँगै विस्तारै धानलाई सुकाउन फैलाउने काम हुन्छ। 

यो बीचमा उनीहरूको दैनिकी धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ। पछि विस्तारै विस्तारै एकेक गरेर उनीहरू धानलाई साँझसम्ममा सबै एकैठाउँमा थुपारिसकेका हुन्छन्। 

खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला भक्तपुरको जताततै देख्न सकिन्छ। 

यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ। सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न सकिन्छ।

धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरू किसानको जीवनशैलीमा रमाएका छन्। स्थानीयहरू मिलेर धान सुकाउने र उठाउने गर्छन्। 

भेलुखेलमा मात्र होइन, भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ। चरा, कुखुराबाट जोगाउन उनीहरू धान सुकाएको स्थानमा कुरेर बस्छन्।

धान सुकाउन आएकीस्थानीय रामलक्ष्मी त्वायना यो चलन प्रत्येक वर्ष धान भित्राएपछि सवैतिर देखिने दृश्य भएको बताउँछिन्। तर पहिलाभन्दा यो दृश्य कम मात्रै देख्न थालेको उनको अनुभव छ। 

किनकी खेती किसानीको काम वर्षैपिच्छे घट्दो छ। खेतहरूतिर विस्तारै घडेरीको विकासले जग्गाजमिन घटदै जाँदा धानखेतीमा पनि कमी आएको उनको अनुभव छ। 

दिउँसोको समयमा मज्जाले घामले लाग्ने, कहीकतैबाट घाम नछेक्ने ठाउँहरूतिर धान सुकाउने उनले सुनाइन्। पहिलापहिला भए विशेष गरेर भक्तपुर नगरपालिका-७ महेश्वरीको खुल्ला ठाउँमा सयौं परिवार धान सुकाउन गर्दथे। 

तर त्यहाँ भक्तपुर नगरपालिकाकाले फुटबल ग्राउण्ड बनाएर चारैतिर बार लगाएपछि त्यहाँ धान सुकाउन बन्देज लगाएको छ। त्यसकारण अहिले जताततै खुल्ला सडकपेटी, चोकहरूमा धान सुकाउने गरिन्छ। 

ढलानका घर हुनेहरूले छतमा पनि धान सुकाउने गर्दछन्। विशेष गरेर भक्तपुरको सल्लाघारीदेखि कमलविनायक आउने नगरकोट सडकपेटीमा जताततै धान सुकाउने गरेको देखिन्छ। 

पहिला धान चोरी हुने डरले मानिसहरू धान सुकाएकै स्थानमा सुत्थे। अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन्। 

राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ। त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरूले खुला ठाउँलाई उपयोग गरेका हुन्। 

एक हप्ता दस दिन सुकाएपछि अन्तिम दिन धानलाई सफा गरी भकारीमा सञ्चय गर्न लाने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.