९ वर्षीया बालिकालाई करणी गर्ने व्यक्ति १० वर्षपछि पक्राउ

९ वर्षीया बालिकालाई करणी गर्ने व्यक्ति १० वर्षपछि पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्। 

२०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका-६ का शालिकराम थापाले जबरजस्ती करणी गरी फरार रहेका थिए। 
  

थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जवरजस्ती करणी गरेको आरोपमा २०७२ मंसिर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो। 

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्ष पछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताए। 

शितगंगा नगरपालिकाको-४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मी सहितको टोलीले पक्राउ गरेको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.