मोटरसाइकलको चक्कामा सल बेरिएर हात चुँडियो
दुलेगौँडा: मोटरसाइकलको चक्कामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा मोटरसाइकलमा सवार २९ वर्षीया रेणु थापाको मोटरसाइकलको चक्कामा सल बेरिदाँ हात चुँडिएको हो ।
शनिबार व्यास नगरपालिका-५ पाटनबाट झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा रेणुको सल बेरिएको थियो ।
दिदीको छोरासँग बाइकमा सवार उनको बायाँ हात कुहिनोभन्दा तलबाट चुँडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन्। मोटरसाइकलमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।
घाइते थापाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
प्रतिक्रिया दिनुहोस !
५