भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमाले : नेता बस्नेत

भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमाले : नेता बस्नेत

भक्तपुर : एमाले युवा नेता महेश बस्नेतले भ्रष्टाचार, अनियमितता अन्त्यका लागि एमालेको विकल्प नभएको दावी गरेका छन्। 

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले शनिबार सूर्यविनायकमा गरेको कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रूपान्तरणको साथसाथै व्यापक मात्रामा रोजगारीका लागि लाग्नुपर्ने आवश्यकता एमालेको काँधमा आएको बताए। 

त्यसका लागि औद्योगिकरणको अभियान, कला, संस्कृतिलाई जर्गेना गर्नुपर्ने उनले बताए। जनताको हितमा काम गर्ने एमाले मात्र भएको उल्लेख गर्दै उनले सामाजिक न्यायको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए। 

हिजो सिंदरवारले नदेखे पनि एमालेले सिंहदरवारले भक्तपुरलाई खोज्ने अवस्थामा बनाएको दावी गर्दै उनले अब भक्तपुरले सिंहदरवारको नै नेतृत्व गर्ने क्षमताको विकास गरेको बताए। 

भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उनले आधुनिक विकास अबको एमालेको अभियान हुने बताए। युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.