भारतको बिहारमा आगलागी, ३० जना घाइते

भारतको बिहारमा आगलागी, ३० जना घाइते

नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। 

बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो।

अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरु भएको र पछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो।

आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत घाइते भएका समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.