दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरिया : दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा २ जना विदेशीसहित १४९ जनाको मृत्यु भएको छ। शनिबार राती योङसान शहरमा भीड भागदौड हुँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ भने ७८ भन्दा बढी घाइते भएका छन्। 

मृत्यु भएका १४९ जनामध्ये १०१ जनालाई अस्पतालमा सारिएको थियो। बाँकी शवहरूलाई नजिकैको बहुउद्देश्यीय इनडोर व्यायामशालामा सारिएको थियो। मृतकको सनाखत हुन अझै केही समय लाग्ने दमकल विभागलले जनाएको छ। आइतबार बिहान ६:४० बजेसम्म दुई विदेशीको मृत्यु भएको र १५ विदेशी घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

योङसान प्रहरीको अपराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागुऔषधको संलग्नता छ वा छैन भन्ने प्रश्नको जवाफमा कुनै पनि लागुऔषधी सम्बन्धी रिपोर्ट पुष्टि नभएको बताएका छन् । उक्त दुर्घटना नियन्त्रण गर्न ३६४ दमकलसहित ८४८ जना कर्मचारी परिचालन गरिएको थियो भने १४२ एम्बुलेन्स परिचालन गरिएको थियो ।

कोभिड-१९ महामारीको सुरुवात भएदेखि नै मास्क र सामाजिक दूरीका उपायहरू बिना पहिलो हेलोवीन सप्ताहन्त मनाउन शनिबार दिनभर करिब १ लाख मानिसहरू मनोरञ्जन जिल्ला भनिने ईथेवनमा थिए।

 घटनाको रिपोर्टपछि राष्ट्रपति युन सुक-योलले सार्वजनिक प्रशासन र सुरक्षा मन्त्रीको नेतृत्वमा सबै सम्बन्धित मन्त्रालय र एजेन्सीहरूले पीडितहरूलाई तुरुन्तै सहायता उपलब्ध गराउन हरसम्भव प्रयास निर्देशन दिएका थिए।

राष्ट्रपतिले देशभरि हुने हेलोवीन कार्यक्रमहरूमा यस्ता घटना हुन सक्ने आपतकालिन अवस्थाहरूको सामना गर्न सुरक्षा उपायहरूको लागि पनि आह्वान गरेका छन् । मेयर ओ से-हुनले पनि आफ्नो युरोपको  यात्राबाट तुरुन्तै स्वदेश फर्कने  निर्णय गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.