दक्षिण कोरियामा हेलोविन मनाउँदा भागदौड :  १९ विदेशीसहित १५० को मृत्यु, ३५० बेपत्ता

दक्षिण कोरियामा हेलोविन मनाउँदा भागदौड :  १९ विदेशीसहित १५० को मृत्यु, ३५० बेपत्ता

दक्षिण कोरिया : विश्वका धेरै सहरहरूमा हेलोविन पर्व मनाइन्छ। विशेषगरी यी चाडपर्वहरू पश्चिमी देशहरूले मनाउने गरे पनि अहिले विश्वका अन्य भागमा पनि मनाउन थालिएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा सो पर्व मनाउने क्रममा ठूलो दुर्घटना भएको छ । शनिबार साँझ २९ अक्टोबर २०२२ मा, हेलोविन पर्व मनाउन आएका मानिसबीच भागदौड मच्चियो। उत्सवको कोलाहल शोकपूर्ण चित्कारमा परिणत भयो। मानिसहरु एकअर्कालाई कुल्चिदिएर दौडन थाले । भागदौडमा धेरैको ज्यान गयो।


यस दुर्घटनामा १९ विदेशीसहित १५१ जनाको मृत्यु भएको छ भने सयौं घाइतेको उपचार भइरहेको छ ।  दुर्घटनामा २ सय ७० मानिस बेपत्ता भएको उजुरी 
परेको छ। मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेरका छन् । सो घटनामा ७६ जना घाइते भएका छन् भने १९ जनाको अवस्था गम्भीर रहेको सञ्चार माध्यममा उल्लेख छ।

शनिबार साँझ यी मानिसहरू नो मास्क हेलोविन मनाउन सियोलको इटावान क्षेत्रको प्रसिद्ध रात्रि स्थलमा भेला भएका थिए। कोरोना संङ्क्रमणपछिको यो पहिलो हेलोविन पर्व हो। तीन वर्षमा मनाइँदै गरेको सो पर्वमा धेरै भीड थियो। 

साँघुरो सडकमा धेरै मानिस जम्मा भएकाले सडक अवरुद्ध भएको थियो ।  राति १० बजेर २० मिनेट जाँदा अचानक  भागदौड मच्चिएको थियो । हजारौंको भीडले सयौं मानिसहरूलाई कुल्चिरहेका थिए।
 
उद्धार टोली, दमकल, स्थानीय प्रहरी र एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू घटनास्थल पुगुन्जेल १५१ जनाभन्दा बढीको मृत्यु भइसकेको थियो। राष्ट्रपति युन सुक योलले दक्षिण कोरियामा राष्ट्रिय शोक घोषणा गरेका छन् । 

हाल अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने स्रोतले बताएको छ । सयौं मानिस सियोलको सडकमा बेहोस अवस्थामा थिए । दक्षिण कोरियाली मिडियाले हेलोविन फेस्टिभल दुर्घटनामा  ५० व्यक्तिहरू हार्ट अट्याकका कारण मृत्यु भएको बताएको छ। 

भिडमा भएको भागदौडमा मानिसलाई सास फेर्न समस्या भएको थियो। मुटुको काम एक्कासी बन्द भएको र मस्तिष्कमा रगत आपूर्तिमा बाधा पुगेपछि ती व्यक्ति बेहोस भएका मिडियामा उल्लेख छ ।

दुर्घटना सियोलको इटावोन रात्रि जीवन क्षेत्रको ह्यामिल्टन होटल नजिकैको साँघुरो गल्लीमा भएको थियो।

ठूलो भीडको बीचमा पसलमा सेलिब्रेटी आउने र आकर्षक अफर आएको हल्ला फैलिएपछि दुर्घटनाको आशंका गरिएको बताइएको छ । तर, भागदौड के कारणले भयो भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन । एज्नेसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.