नवलपुरको बुलिङटार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

नवलपुरको बुलिङटार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

तानसेन : पाल्पाको  रम्भा गाउँपालिका वडा नं १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। 

प्रहरी चौकी डेढ गाउँले दिएको जानकारी अनुसार ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भइ कालीगण्डकी करिडोर सडकबाट झन्डै सय मिटर तल खसेको हो। दुर्घटना भएको  बस टुक्रा-टुक्रा भएको छ । 

घटना स्थलमा घाइते भएका आफन्तले दिएको जानकारी अनुसार मृतकहरुमा पाल्पा रम्भा १ हुगीकी अन्दाजी ६० देखी ६५ वर्षकी धनकुमारी वि.क. उनको छोरा ४० वर्षीय ताराबहादुर वि.क., धन कुमारीकी नाति अन्दाजी १७ वर्षीय विनय वि.क., सोही ठाउँका ४० वर्षीया देवी गाँहा र स्याङ्जा गल्याङ नगरपालिका ९ की ४५ वर्षीया सरिता माझी रहेको ईलाका प्रहरी कार्यालय डेढ गाउँ पुर्वी नवलपरासीका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए । मृतकमध्ये एकै परिवारका ३ जना रहेको छन्। 

घाइते ३० जनामध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको, सबै घाइतेलाई उद्धार गरी चितवनको नारायणी सामुदायिक अस्पताल भरतपुरमा पठाएको प्रहरी निरीक्षक वन्तले बताए। घाइतेहरुले चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरे पनि प्रहरीले भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।  

दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । स्थानीय र प्रहरीले उद्धार गरी गम्भीर घाइतेलाई नारायणी सामुदायिक अस्पताल भरतपुर र सामान्य घाइते भएकाहरुलाई रामपुर पठाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.