एमालेको सरकार विदेशीले के भन्छ त्यसअनुसार चल्दैन, जनताको हितमा काम गर्छ : पोखरेल

एमालेको सरकार विदेशीले के भन्छ त्यसअनुसार चल्दैन, जनताको हितमा काम गर्छ : पोखरेल

दाङ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै  पोखरेलले विदेशीले के भन्छ त्यस अनुसार चल्ने सरकार होइन, देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेलाई मतदान गर्न आह्वान गरेका हुन्। 

उनले वर्तमान गठबन्धन सरकारले जनताका समस्यामा कुनै चासो र सरोकार नराख्ने दाबी गरेका छन्। उनले किसानका समस्या समाधानका लागि पनि एमालेको सरकार आवश्यक रहेको स्पष्ट पारे। उनले भने,‘अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्री स्वयंले बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरेर रासायनिक मल किन्ने काम भएको थियो । गठबन्धन सरकारले किसानका लागि खै मल खरीद गरेको ? तोरी छर्ने बेलामा किसानहरु कालोबजारीमा मल किन्न बाध्य छन् ।’

गठबन्धनमा रहेका दलहरुले एमालेका विरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएका सन्दर्भमा महासचिव पोखरेलले भने–‘२०७४ को निर्वाचनमा भोट माग्दा काँग्रेसका विरुद्धमा बामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि काँग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो ।’ उनले जनताका पक्षमा काम गर्दासम्म कसले संसद विघटन गर्छ प्रश्न गर्दै जनमतविरुद्ध काम हुन थालेपछि त्यसो हुन नदिई पुनः जनतामा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको बताए । 

‘अर्को निर्वाचनसम्म भूमिहीन, सुकुम्बासी समस्या रहने छैन’

उनले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्वासी, भूमिहीनहरूको समस्या दुई वर्षभित्र टुङ्याउने योजना रहेको स्पष्ट पारे। पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम शुरु गरिरहेको अवस्थामा सरकारबाट हट्नुपरेकाले टुङ्गोमा पुर्‍याउन नपाएको धारणा राखे । 

महासचिव पोखरेलले नेकपा (एमाले) को शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता रहेको धारणा राखे। एमालेलाई बहुमतको सरकार गठन गर्ने गरी विजयी बनाएको खण्डमा अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्वासी देख्नु नपर्ने बताए। उनले सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो पटक २०५१ सालमा एमालेको नौ महिने अल्पमतको सरकारले गरेको स्मरण गरे। 

उनले दाङको घोराही र तुल्सीपुर अस्पताल विगतमा रेफर अस्पतालको रुपमा रहेका र अहिले विशेषज्ञ सहितका अस्पतालका रुपमा विकास गरिएको र आगामी दिनमा दाङलाई डाक्टर र नर्स उत्पादन गर्ने जिल्लाका रुपमा परिचय दिइने बताए। महासचिव पोखरेलले नेकपा (एमाले) को शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता रहेको धारणा राखे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.