छठ मनाउन आरजु जनकपुरमा

छठ मनाउन आरजु जनकपुरमा

जनकपुरधाम : छठ मनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा जनकपुरधाम आइपुगेकी छन् ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ मनाउन आरजु आज जनकपुरधाम आइपुगेकी हुन् ।

राणाले जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा अपरान्ह ४ बजे छठी मातालाई अर्घ दिने कार्यक्रम रहेको मिडिया संयोजक आशा थपलियाले जानकारी दिइन् । उनका अनुसार छठ घाटमा अर्घपछि कांग्रेसका पूर्वउपसभापति तथा नेता विमलेन्द्र निधिको गृहनगर नगराईनस्थित छठ घाटमा समेत पूजाआजा गर्ने कार्यक्रम छ ।

छठअन्तर्गतका अस्ताउँदो सझुका अर्घ र बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद ग्रहणपछि फर्किने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसकी नेत्री ममताकुमारी महतोले जानकारी दिइन् । आरजुसँगै निवर्तमान सांसद चन्दा चौधरी, सन्दिप राणासहितका व्यक्तिहरु छठ मनाउन जनकपुरधाम आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.