सोमालियाको बम विष्फोटमा ज्यान गुमाउनेको संख्या एक सयभन्दा बढी

सोमालियाको बम विष्फोटमा ज्यान गुमाउनेको संख्या एक सयभन्दा बढी

एजेन्सी: सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले पुष्टि गरेका छन् । 

'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,' उनले भने । यद्यपी प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् ।

सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो । 

शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो ।

सन् २०१७ को अक्टोबर १४ मा विस्फोटक पदार्थले भरिएको ट्रकमा विस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए ।

मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ’यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ ।

'यो ठीक होइन । ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन,' उनले इस्लामिक समूह अल–शबाबलाई सङ्केत गर्दै भनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.